बडादशैँको टीकाको उत्तम साइत असोज १६ गते ११ बजेर ५३ मिनेटमा

barunnews.com

भदौ ३१ 

संखुवासभा । बडादशैँको टीकाको उत्तम साइत असोज १६ गते बिहान ११ ः ५३ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जानकारी दिएको छ। यसवर्षको विजया दशमीका दिन बिहान ९ ः२३ बजे देवी विसर्जनको साइत रहेको छ।  २०८२ सालमा असोज ६ गते घटस्थापना हो। बिहान ९ बजेर १३  मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज जारी गरेको सूचनामा उल्लेख छ। असोज ७ गते मंगलवार बिहान ९ः५३ बजे झण्डा फेर्ने साइत पर्छ भने असोज ११ गते शनिवार श्रीपचलीभैरव यात्रा छ।  असोज १३ गते सोमवार फूलपाती, श्री तुलजाभवानी यात्रा बिहान ७ ः १७ बजे र स्थिरासन बिहान ९ ः २३ बजे तोकिएको छ। १४ गते महाअष्टमी र १५ गते महानवमी रहेको छ। यस्तै १६ गते टीका छ भनेर २० गते कोजाग्रत पूर्णिमा रहेको छ। 

प्रतिक्रिया