संखुवासभा, भदौ २२
संखुवासभाको सदरमुकाम खाँदबारीमा निजामती दिवसको अवसरमा जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । निजामती सेवा दिवसको अबसरमा जिल्ला प्रशासन कार्यालय संखुवासभा तथा जिल्ला स्थित विभिन्न कर्मचारी संघ संगठनको आयोजनामा कर्मचारी स्तरीय खुल्ला पुरुष डवल ब्याडमिन्टन प्रतियोगिता आज (शनिबार) सम्पन्न भएको हो । निजामति सेवा दिवसको अवसरमा सप्ताहब्यापी कार्यत्र,म गरिएको । ब्यवसायिक र सिर्जनशील प्रशासन ः विकास समृद्धि र सुशासन भन्ने नाराका साथ जिल्लामा विभिन्न कार्यक्रम साथ निजामती सेवा दिवस मनाइएको छ । आज भएको कर्मचारी स्तरीय खुल्ला पुरुष डवल ब्याडमिन्टन प्रतियोगिताको फाइनल खेलमा देउप्रसाद लिम्बु र किशोर राईको टोली प्रथम भएका छन् । लिम्बु र राईको जोडीले जानकी पोख्रलको जोडी र विकास निरौलाको जोडीलाई सोझो सेटमा पराजित गर्दै विजेता बनेका छन् । जानकी र विकासले द्धितिय स्थानमा चित्त बुझाउन परेको छ । त्यस्तैगरी रविन राई र सविन र दिनेश राई तथा देवेन्द्र कार्की तृतिय बनेका छन् । प्रतियोगिताको विजयी टिमले क्रमस प्रथम, द्वितीय र तृतीय हुने दुई टिमले २०, १०, र ५,५ हजार रुपैयाँ, ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् । निजामति सेवा दिवसको अवसरमा महिला,पुरुष दौड,फुटसल लगायतका विभिन्न कार्यक्रम आयोजना गरिएको थियो । प्रतियोगिताका पुरुस्कार वितरण संखुवासभाका प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले गरिन् ।