संखुवासभाका १० हजार बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदैँ

barunnews.com

बैशाख ६ ः संखुवासभा जिल्लामा १० हजार बढी बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै छ । जिल्लाका १० वटै स्थानीय तहमा बालबालिकाहरूलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन खुवाइँदै छ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत ६ महिना देखि ५ वर्ष उमेरसम्मका बालबालिकालाई  भिटामिन ए, जुकाको औषधि र बालभिटा पनि खुवाउने गरिन्छ । जुकाको औषधि एक वर्षभन्दा माथिका बालबालिकालाई मात्र दिने गरिएको छ । महिला स्वास्थ्य स्वयंसेविकामार्फत सञ्चालन गरिएको यस अभियान अन्तर्गत जिल्लाभरका ६ महिनादेखि ५ वर्षसम्मका करिब १० हजार बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै छ । १० वटै स्थानीय तहमा आइतबारदेखि बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल तथा जुकाको औषधि खुवाउने अभियान  आइतबार र सोमबार दुई दिन सञ्चालन हुने छ । बैशाख ६ र ७ गते ६ देखि ५९ महिना उमेरसम्मका करिब १० हजार बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइरहेको जिल्ला स्वास्थ्य कार्यालय संखुवासभाले जनाएको छ । ६ महिला देखि ५ वर्षसम्मका भिटामिन ‘ए’, १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधी र ६ महिना पुरा भएका बालबालिकालाई बालभिटा खुवाइने जिल्ला स्वास्थ्य कार्यालय संखुवासभाका सूचना अधिकारी रोशन श्रेष्ठले जानकारी दिनुभयो । जिल्लाका विभिन्न स्वास्थ्य चौकी तथा खोप केन्द्रहरूमा महिला स्वास्थ्य स्वयंसेविकाले घरदैलो तथा केन्द्रमार्फत बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइरहेको सूचना अधिकारी श्रेष्ठले बताउनुभयो । बालबालिकामा कुपोषण न्यूनीकरण गर्न, रोगप्रतिरोधात्मक क्षमता वृद्धि गर्न तथा जुकाको संक्रमण नियन्त्रण गर्न यो कार्यक्रम प्रभावकारी मानिन्छ । अभिभावकहरूलाई आफ्ना बालबालिकालाई अनिवार्य रूपमा सहभागी गराउन समेत आग्रह गरिएको छ । ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि सरकारले २०५३ सालबाट भिटामिन ए कार्यक्रम सन्चालन गर्दै आएको छ ।

प्रतिक्रिया