सिलिचोङमा अन्तरपालिका स्तरिय भलिवल प्रतियोगिता शुरू

barunnews.com

सङ्खुवासभा ५ बैशाख : सिलीचोङ गाउँपालिका —३ ताम्कूमा अन्तरपालिका स्तरिय भलिवल प्रतियोगिता शुरू भएको छ । सिलीचोङ  —३ ताम्कूमा अध्यक्ष कप अन्तरपालिकास्तरिय भलिवल प्रतियोगिता शनिबार देखि सुरु भएको छ । अन्तरपालिका स्तरिय अध्यक्ष कप भलिवल प्रतियोगिता उद्घाटन  सिलीचोङ गाउँपालिका अध्यक्ष भूपालराज मेवाहाङले गरे  । भलिवल उद्घाटन  कार्यक्रममा बोल्दै अध्यक्ष मेवाहाङले खेलकुदले युवाहरूलाई अनुशासित, स्वस्थ र एकताबद्ध बनाउने बताए । उनले यस्ता प्रतियोगिताले विभिन्न पालिकाबीच आपसी सम्बन्ध सुदृढ गर्ने र प्रतिभावान खेलाडी उत्पादनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । खेलकुदमार्फत स्थानीय स्तरमा लुकेर रहेका प्रतिभाहरू उजागर गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिताले सिलीचोङ क्षेत्रमा खेलकुद गतिविधि थप सक्रिय हुने अपेक्षा गरिएको छ ।प्रतियोगितामा सङ्खुवासभा,  भोजपुर र झापा गरि ३ जिल्लाको ९ टिमले प्रतिस्पर्धा गर्ने भएको छ । आयोजक सिलीचोङ गाउँपालिका, चिचिला गाउँपालिका, कन्काई नगरपालिका झापा, पाँचखपन नगरपालिका, सभापोखरी गाउँपालिका, मकालु गाउँपालिका, साल्पाशिलिछो गाउँपालिका भोजपुर, षडानन्द नगरपालिका भोजपुर र चैनपुर नगरपालिकाले सहभागीता जनाएको सिलीचोङ गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष खेवाहाङ मेवाहाङले जानकारी दिए ।  प्रतियोगिताको विजेताले नगद रु. २ लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद १ लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । तृतीय र सान्तवनाले क्रमशः नगद ३५ हजार रुपैयाँ र २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यसैगरि सर्वोकृष्ट खेलाडी, उत्कष्ट स्पाइकर, ब्लकर, सेटर र लिबेरो सर्वर र म्यान अफ दी म्याचलाई जनही पुरस्कृत गरिनेछ ।

प्रतिक्रिया