संखुवासभाको चैनपुरमा पहिलो पटक शल्यक्रिया गरेर गाई सुत्केरी गराउँदा...

barunnews.com

असोज ३ 

संखुवासभाको चैनपुर नगरपालिका १० खराङमा पशुको सफल शल्यक्रिया गरिएको छ । चैनपुर नगरपालिका १०  खराङका किसान खड्गलाल तिम्सिनाको (बाछो)बच्चा पाउन  नसकेको गाईको शल्यक्रिया गरेर गरेर सुत्केरी गराइएको 

 छ । किसान तिम्सिनाको गाई गर्भअवस्था कटेको १२ दिन पछि शल्यक्रिया गरिएको हो । चैनपुर नगरपालिका पशु शाखामा कार्यरत पशु चिकित्सक डाक्टर प्रभाकर कट्टेल सहित प्राविधिक टोलीले गाईको शुल्यक्रिया गरेर सुत्केरी गराइएको हो । पशु चिकित्सक  कट्टेल सहितको प्राविधिक टोलीले  ब्यथा लागेको १२ दिन सम्म  ब्याउन नसकी छटपटाएको गाईको किसानको गोठमा नै ‘शल्यक्रिया कक्ष’ बनाएर गरिएको  चैनपुर नगरपालिका पशु सेवा शाखाका नायव पशु सेवा प्राविधिक प्रकाश ढुङ्गानाले बताए । पशु सेवा शाखाका नायव पशु सेवा प्राविधिक प्रकाश ढुङ्गानाले बताए । चैनपुरमा शल्यक्रिया गरेर गाई सुत्केरी गराइएको यो पहिलोपटक भएको ढुङ्गानाले बताए । 

 शल्यक्रियापश्चात गाईकोे स्वास्थ्य राम्रो छ । घाँसपानी खान थालेको उनले बताए ।  शल्यक्रिया गरेर गाई सुत्केरी गराइएको यो पहिलोपटक र सफलसमेत भएकाले उत्साह जगाएको ढुङ्गानाले बताए ।  यसअघिका समयमा सुत्केरी हुन नसकी धेरै पशुचौपाय गुमाउनुपरेको थियो । अब किसानको लागि पशुधनको सुरक्षा र कार्यालयको लागि सेवा प्रवाहमार्फत किसानको विश्वास जित्न मनोबल उच्च भएको उनको भनाइ छ । 


प्रतिक्रिया