भविन कार्की, संखुवासभा ३१ भदौ
काठमाडौंमा भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको प्रदर्शनका क्रममा दुई जनाको मृत्यु भएको थियो । जेनजी प्रदर्शनका क्रममा मृत्यु भएका संखुवासभाको सिलिचोङ गाउँपालिका –३ का २१ बर्षीय प्रविन कुलुङको शव खराव मौसमका कारण ल्याउन सकिएन । जेनजी प्रदर्शनमा मृत्यु भएका कुलुङको शव नेपाली सेनाको हेलिकप्टर मार्फत संखुवासभा ल्याउन तयारी भएको थियो । जेनजी प्रदर्शनमा मृत्यु भएका प्रविन कुलुङको शव खराव मौसमका कारण जिल्ला ल्याउन नसकिएको संखुवासभाका प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले बताउनुभयो ।
नेपाली सेनाको हेलिकप्टरले कोशी प्रदेशको संखुवासभा, धनकुटा र सुनसरीको शव विराटनगर ल्याइसकेको भएपनि खराव मौसमका कारण जिल्ला ल्याउन नसकिएको प्रजिअ थपलियाले बताउनुभयो । खराव मौसमका कारण उनको शव विराटनगरमै राखिने भएको छ । उनको आजै दाहसंस्कार गर्न तयारीका साथ सिलिचोङ स्थित लकुवामा स्थानीयको बाक्लो उपस्थिती भइसकेको थियो । तर मृतक कुलुङको शव मौसम खुलेपछि भोलि मात्र जिल्ला आइपुग्ने आफन्तको भनाइ छ । मृतक कुलुङको शव टिचिङ अस्पतालमा राखिएको थियो । त्यस्तैगरी जेनजी प्रदर्शनमा मृत्यु भएका सिलिचोङ –५ का साजन राईको शव सुनसरी स्थित धरान ल्याइने भएको छ । साजनको शव सुनसरीका प्रमुख जिल्ला अधिकारी मार्फत धरानमा भएका आफन्तको जिम्मा लगाइने भएको हो । मृतकका आफन्त धरानमा भएका कारण साजनको शव धरानमै जिम्मा लगाइने प्रजिअ थपलियाले बताउनुभयो ।