सेवाग्राही र सेवा प्रदायक बिचको सम्बन्ध स्थापित गर्न नागरिक सुनुवाई कार्यक्रम

barunnews.com

संखुवासभा पुष २७ 

सेवाग्राही र सेवा प्रदायक बिचको दोहोर सम्बन्ध स्थापित गर्न जिल्ला प्रहरी कार्यालय संखुवासभाको आयोजनामा नागरिक सुनुवाई कार्यक्रम गरिएको छ । सेवाग्राही र सेवा प्रदायक बिचको असमझदारीलाई हटाई सुशासन,पारदर्शीता,जवाफदेहिता र जिम्मेवारीको बोध गराई सुशासनमा सहयोग पु¥याउन प्रहरी कार्यालयले नागरिक सुनुवाई कार्यक्रम गरेको छ । जिल्ला प्रहरी कार्यालय संखुवासभा तथा इलाका प्रहरी कार्यालय वानाको संयुक्त आयोजनामा वाना बजारमा नागरिक सुनुवाई कार्यक्रम  गरिएको हो । 

नागरिक सुनुवाई कार्यक्रममा बोल्नु हुँदै पाँचखपन नगरपालिका उपप्रमुख सुमुना श्रेष्ठले सुशासन कायम गर्न र राज्यले गर्न सेवा प्रवाहमा सुधार आउने बताउनुभयो । सेवाग्राही र सेवा प्रदायक बिचको असमजदारीलाई हटाई सुशासन,पारदर्शिता, जवाफदेहिता र जिम्मेवारीको बोध गराउने उद्देश्य अनुसार नागरिक सुनुवाई कार्यक्रम  गरिएको जिल्ला प्रहरी कार्यालयका संखुवासभाका प्रहरी नायव उपरीक्षक कुमार प्रसाद मैनालीले बताउनुभयो । नागरिकलाई सहज ढंगबाट आफ्ना अवस्था, काम, कर्तव्य अधिकार तथा सेवाग्राही र प्रदायकबीच समझदारी कायम गर्दै नागरिक–प्रहरी एक हौं भन्ने बुझाइलाई नागरिकको घरदैलोमा पु¥याउन नागरिक सुनुवाई कार्यक्रम गरिएको प्रहरी नायव उपरीक्षक मैनालीले बताउनुभयो । प्रहरीले अपराध नियन्त्रण र अपराध अनुसन्धानमा प्रहरी कुनै कसर नराखी काम गरिरहेको प्रहरी नाउव उपरीक्षक मैनालीले बताउनुभयो । 

पछिल्लो समयमा नेपाल प्रहरीले नागरिक र स्थानीय समुदायसँग साझेदारी गर्दै विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ । कार्यक्रममा प्रहरीलाई नागरिक  मैत्री प्रहरी बन्ने सुझाव दिएका थिए । कार्यक्रमका बक्ताहरुले नागरिक प्रति पारदर्शिता,जवाफदेहि र उत्तरदायि हुनु पर्ने  बताएका छन् । कार्यक्रममा प्रहरी निरिक्षक मेघराज अर्यालले आर्थिक बर्षमा प्रहरी कार्यालयले गरेका काम कार्रवाहीको  जानकारी गराउनु भएको थियो । 

प्रतिक्रिया