संखुवासभामा निषेधाज्ञा कफ्र्यु हटेपछि जनजिवन सहज बन्दै

barunnews.com

भविन कार्की, संखुवासभा भदौ २८ 

संखुवासभामा निषेधाज्ञा कफ्र्यु हटेपछि  सदरमुकाम खाँदबारी लगायतका बजार क्षेत्रमा पनि चहलपहल बढेको छ ।  कफ्र्यु र निषेधाज्ञा हटेसँगै आज (शनिबार) देखि  बजार क्षेत्रमा चहलपहल बढेको हो । जिल्ला प्रशासन कार्यालयमा आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले केही दिन यता देखि लाग्दै आएको निषेधाज्ञा कफ्र्यु हटाएको छ । 

देशको परिवर्तित अवस्था र जिल्ला  भित्रको सुरक्षा ब्यवस्था समेतलाई बिश्लेषण गर्दै आज (शनिबार) १ बजे देखि निषेधाज्ञा हटाइएको संखुवासभाका प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले बताउनुभयो । निषेधाज्ञा कफ्र्यु हटेपछि  जिल्ला भित्र तथा धरान,इटहरी, विराटनगर लगायतका चल्ने सार्वजनिक बससँगै ट्याक्सी लगायतका सवारी साधन नियमित रूपमा सञ्चालनमा आएका छन् । सदरमुकाम खाँदबाररी सहितका बजारमा जनजीवन सहज हुँदै गएपछि पसलहरू खुल्न थालेका छन् । 

निषेधाज्ञा कफ्र्यु हटेपनि  जेनजीको आन्दोलनका कारण काठमाडौँ उपत्यका लगायत देशका विभिन्न जिल्लाबाट भागेका कैदीबन्दी आउन सक्ने भएका कारण जिल्लाको सुरक्षा ब्यवस्था कडा पारिएको छ ।  जिल्लामा पछिल्लो समय अन्यत्र बाट समेत मानिसहरु आउन थालेको र विभिन्न कारागारबाट भागेका कैदी बन्दी छिर्न सक्ने भएका कारण नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले संयुक्त रुपमा मुख्य चोक–चोकमा सेनाको कडा सुरक्षा जाँच तिब पारेका छन् ।  त्यस्तैगरी  सुरक्षाको कमाण्ड पाएसँगै इन्द्र दल गुल्म खाँदबारीले जिल्ला कारागार सहित महत्वपूर्ण सरकारी कार्यालयमा नेपाली सेनालाई खटाएको छ । सम्भावित घटना हुन नदिन सुरक्षा सर्तकता अपनाउँदै सेनालाई खटाइएको इन्द्र दल गुल्मले जिल्ला कारागार सहित महत्वपूर्ण सरकारी कार्यालयमा प्रहरी सँगै नेपाली सेना खटिएको छ ।   


प्रतिक्रिया