सङ्खुवासभाको मकालुबाट गर्भवती महिलाको हवाई उद्दार

barunnews.com

 सङ्खुवासभा ३ कात्तिक

सङ्खुवासभाको मकालु गाउँपालिका–३ बाट एक गर्भवति महिलाको उद्दार गरिएको छ । मकालु –३ हेदाङनाबाट २९ वर्षीया गर्भवती सिता तामाङलाई सेनाको हेलिकप्टरबाट उद्दार गरिएको  प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले बताउनुभयो ।  राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत उनलाई उद्दार गरिएको हो । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने यो स्थानमा अझैसम्म यातायातको पहुँच पुगेको छैन । 

गर्भवती  तामाङको स्वास्थ्य अवस्था जटिल भएपछि सोमबार बिहान साढे ८ बजे मकालु–३ सिम्माबाट हेलिकोप्टर मार्फत उद्दार गरेर कोशी अस्पताल विराटनगर लागिएको प्रजिअ थपलियाले बताउनुभयो ।  गर्भवती तामाङ आइतबार बेलुका करिब ७ बजे पाथिभरा स्वास्थ्य चौकीको बर्थिंङ सेन्टरमा उपचारका लागि भर्ना हुनु भएको थियो ।  गर्भवती तामाङको पेट भित्रको बच्चा नचलेपछि स्वास्थ्यकर्मीले अवस्था जटिल भएको भन्दै  उद्दारका लागि पहल गरिएको थियो । सरकारले दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीलाई हवाई उद्दार गरी तोकिएका अस्पतालमा पु¥याउने व्यवस्था मिलाउने गरेको छ । भौगोलिक विकटताका कारण भोटखोलामा नजिक वर्थिङ सेन्टर र स्वास्थ्य चौकीमा शल्यक्रियासहितको सुविधा छैन । उनीहरू सुरक्षित सुत्केरीका लागि सदरमुकाम आउनुपर्छ । जिल्लामा हवाई उद्दार   कार्यक्रमअन्तर्गत वि.स.२०७७ देखि हालसम्म करिव ४० जनाभन्दा बढी सुत्केरी तथा गर्भवतीको हवाई उद्दार गरिएको छ ।

 

प्रतिक्रिया