संखुवासभामा छैठौं नरबहादुर विष्णुमाया श्रेष्ठ स्मृति व्याडमिन्टन प्रतियोगिता हुने

barunnews.com


 संखुवासभामा छैठौं नरबहादुर विष्णुमाया श्रेष्ठ स्मृति जिल्ला स्तरीय खुल्ला पुरुष डबल व्याडमिन्टन प्रतियोगिता हुने भएको छ । प्रतियोगिता भदौ २७ गते देखि सङ्खुवासभा जिल्ला व्याडमिन्टन संघको आयोजनामा सोनिनाथ मेमोरियल स्मृति कवर्ड हल खाँदबारीमा सुरु हुने छ।

संघले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताबारे जानकारी गराएको हो । प्रतियोगितामा प्रथम हुने टिमलाई ३५ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । त्यसैगरी द्वितीय हुने टिमले २० हजार रुपैयाँ प्राप्त गर्नेछ भने सेमीफाइनलमा पुग्ने दुई टिमलाई जनही ५र५ हजार नगद पुरस्कार प्रतियोगिता संयोजक जानकी बल्लभ पोख्रेलले जानकारी दिए । प्रतियोगितामा एक लाख ३३ हजार रुपैयाँ खर्च हुने संयोजक पोख्रेलले बताए ।  प्रतियोगिता सञ्चालका लागि  नरबहादुर विष्णुमाया श्रेष्ठ स्मृति प्रतिष्ठानले ८० हजार रुपैयाँ सहयोग गर्ने छ । 

प्रतियोगितामा जिल्लाका साथै प्रदेश स्तरका जिल्लाका खेलाडीहरुले पनि खेलमा सहभागि हुन सक्ने जिल्ला व्याडमिन्टन संघका अध्यक्ष सञ्जीवकुमार श्रेष्ठले बताए । प्रदेश स्तरिय प्रतियोगितमा तृतिय सम्म भएका सङ्खुवासभाका खेलाडीलेहरुले प्रतियोगितामा भाग लिन सक्ने उनले जानकारी दिए।  

प्रतिक्रिया