संखुवासभा, फागुन ५
संखुवासभाको धर्मदेवी नगरपालिका द्वारा आयोजित स्थानीय तहस्तरीय ’राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि सिङ्गेश्वरी माध्यमिक विद्यालय मुढेले जितेको छ । शान्ति माध्यमिक विद्यालय तेल्लोकमा माघ २९ गते देखि फागुन २ गते सम्म सञ्चालन गरिएको प्रतियोगितामा सिङ्गेश्वरी मावी मुढेले ७ स्वर्ण, ९ रजत र ३ कांस्य जित्दै गर्दै प्रथम भएको हो ।
त्यस्तैगरी रामेश्वर माध्यमिक विद्यालयले ७ स्वर्ण, ३ रजत र ३ कांस्य पदक जित्दै दोस्रो स्थान हासिल गरेको छ । महेन्द्र ज्याती माध्यमिक विद्यालय ५ स्वर्ण,९ रजत सहित तेस्रो भएको छ । उक्त प्रतियोगिता धर्मदेवी नगरपालिकाको आयोजना तथा शान्ति माध्यमिक विद्यालय तेल्लोकको आयोजनामा भएको हो । प्रतियोगितामा नगर भित्रका ८ विद्यालयहरुको सहभागिता रहेको थियो ।
५ फाल्गुण २०८२, मङ्गलबार ११:५९ मा प्रकाशित