सङ्खुवासभा १५ कात्तिक
सङ्खुवासभाको धर्मदेवी नगरपालिका कार्यपालिका सदस्यको हृदयघातका कारण मृत्यु भएको छ । धर्मदेवी नगरपालिका –८ की कार्यपालिका सदस्य देव कुमारी कार्कीको हृदयघातका कारण मृत्यु भएको धर्मदेवी नगरपालिका नगर प्रमुख उदयचन्द्र पौडेलले बताए । हृदयघातका कारण कार्यपालिका सदस्य कार्कीको ६७ बर्षको उमेरमा मृत्यु भएको हो । कार्कीको शनिबार बिहान उपचारका क्रममा नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको नगरप्रमुख पौडेलले बताए ।
शुक्रबार अचानक हृदयघात भएपछि कार्यपालिका सदस्य कार्कीलाई तत्कालै नोबेल अस्पताल भर्ना गरिएको थियो । कार्यपालिका सदस्य कार्कीको उपचारका क्रममा मृत्यु भएको हो । कार्यपालिका सदस्य कार्कीको शोकमा कात्तिक १६ गते आइतबार एक दिन नगरपालिका अन्तरर्गतका सम्पूर्ण कार्यालय विदा दिने निर्णय गरेको नगर प्रमुख पौडेलले बताए ।