जेनजी प्रर्दशनमा मृत्यु भएका प्रविनको शव हेलिकप्टर मार्फत ल्याइयो ,सिलिचोङ शोकमा

barunnews.com


भविन कार्की,सङ्खुवासभा १ असोज 

भदौ २३ र २४ गते काठमाडौंमा भएको जेन–जी आन्दोलनको क्रममा प्रहरीको गोली लागेर ज्यान गुमाएका सङ्खुवासभाको सिलिचोङ गाउँपालिका –३ का २१ बर्षीय प्रविन कुलुङको शव ल्याइएको छ । जेनजी प्रदर्शनका क्रममा मृत्यु सिलिचोङ –३ का २१ बर्षीय कुलुङको शव आज (बुधबार) बिहान नेपाली सेनाको हेलिकप्टर मार्फत ल्याइएको सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले बताउनुभयो । प्रतिकुल मौसमका कारण कुलुङको शव मंगलबार ल्याउन नसकेपछि विराटनगरमै राखिएको छ । 

 नेपाली सेनाको हेलिकप्टरमार्फत कुलुङको शव बुधबार बिहान १० ः १५ बजे सिलिचोङ  गाउँपालिकाको ताम्कुमा ल्याइएको प्रजिअ थपलियाले बताउनुभयो । सिलिचोङ गाउँपालिका केन्द्र ताम्कुमा श्रद्धाञ्जली कार्यक्रममा गाउँपालिका अध्यक्ष भूपालराज मेवाहाङले राष्ट्रिय झण्डा ओढाएर सम्मान गर्नु भएको थियो । उक्त श्रद्धाञ्जली सभा पश्चात मृतकका आफन्तलाई बुझाइएको छ । कुलुङको अन्त्येष्टि सिलिचोङस्थित लकुवामा गर्ने तयारी भएको छ ।  प्रविन बाल किशोर कुलुङका माइला छोरा हुन् ।  उनका एक दाजु र एक भाई छन् । प्रविनको निधनले सिलिचोङ सहित संखुवासभामा शोक छाएको छ ।  स्थानीयहरूले दोषीलाई कारबाही गर्न माग गरेका छन् । उनको सम्मानका साथ लकुवामा अन्त्येष्टि आजै गरिदै छ । सिलिचोङ –३ स्थित लकुवामा कुलुङ जातिको जातीय संस्कार अनुसार अन्त्येष्टि गरिने सिलिचोङ गाउँपालिका अध्यक्ष भूपालराज मेवाहाङले बताउनुभयो ।  

 

प्रतिक्रिया