संखुवासभा माघ २१
नेकपा एमाले संखुवासभामा भ्रातृ संगठन नेपाल खेलकुद महासंघ जिल्ला अध्यक्ष सुनील श्रेष्ठले राजीनामा दिएका छन् । बुधबार एक विज्ञप्ती जारी गर्दै एमाले भ्रातृ संगठन नेपाल खेलकुद महासंघ जिल्ला अध्यक्ष तथा नगर कमिटी सचिवालय सदस्य श्रेष्ठले पार्टी भित्र चरम गुटबन्दी र स्वार्थको राजनीति हावी भएको भन्दै राजीनामाको घोषणा गरेका हुन् । पार्टी कमिटीहरु सिमित ब्यक्ति भन्दा माथि जान नसकेको र गत भदौ २३ र २४ गतेको घटनाको नेतृत्वले नैतिक रुपमा राजनैतिक जिम्मेवारी लिनु र आत्मालोचित हुनु पर्ने श्रेष्ठले विज्ञप्तीम उल्लेख गरेका छन् ।
खाँदबारी नगरपालिका– ९ घर भएका श्रेष्ठले एमालेभित्र व्यक्ती हावी र चरम गुटबन्दीका कारण कुनै पनि तहमा नरहने गरी राजीनामा दिएको विज्ञप्तिमार्फत जनाएका छन् । लामो समयदेखि नेकपा एमालेको संगठन र पार्टी बनाउन योगदान दिएका थिए । चुनावको मुखमा श्रेष्ठले पार्टी परित्यागलाई महत्त्वपूर्ण रूपमा हेरिँदै आएको छ । नेकपा एमालेबाट संखुवासभामा प्रतिनिधिसभा उम्मेदवार डा. अर्जुनकुमार कार्की रहेका छन् ।