सङ्खुवासभा ७ असोज
भ्रष्टाचार, सामाजिक सञ्जाल बन्दविरूद्धको जेनजी पुस्ताको आन्दोलनका क्रममा जेनजी प्रदर्शनका क्रममा विभिन्न कारागारबाट भागेका तीन जना कैदी सङ्खुवासभामा पक्राउ परेका छन् । जेनजी प्रदर्शनका क्रममा नख्खु र झुम्का कारागारबाट फरार भएका तीन जना कैदी सङ्खुवासभाका पक्राउ परेका छन् । प्रहरीले सोमबार चैनपुर नगरपालिका –१० का ४१ बर्षीय नारायण राईलाई पक्राउ गरेको छ । चोरी मुद्दामा नख्खु कारागारमा कैद भुक्तान गरिरहेका राईलाई चैनपुर – १० स्थित घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताए ।
त्यस्तैगरी क्षेत्रिय कारागार सुनसरीको झुम्काबाट फरार भएका जवरजस्ती करणी उद्योग मुद्दामा कैद भुत्तान गरिरहेका कैदी चैनपुर नगरपालिका –९ का ३१ बर्षीय सुभाष तामाङ र जवरजस्ती करणी उद्योग मुद्दामा कैद भुत्तान गरिरहेका चिचिला गाउँपालिका –२ का अन्दाजी ५७ बर्षीय गोम्बु शेर्पालाई पक्राउ गरिएको प्रहरी निरीक्षक लामिछानेले बताए । तामाङ र शेर्पा झुम्का कारागारबाट भागेका हुन्, भने राई नख्खु कारागारबाट भागेका थि । पक्राउ परेका तीनै जना कैदीहरुलाई बुधबार क्षेत्रिय कारागार झुम्कामा बझाउने तयारी भइरहेको जिल्ला कारागार खाँदबारीका प्रमुख जेलर राजन घिमिरेले बताए । जिल्ला कारागार खाँदबारीमा १ सय ३१ जना पुरूष, ८ महिला कैदीबन्दी र दुई जना आश्रित बालबालिका रहेका छन् ।