हिमपातका कारण मकालु आधार शिविरमा इटालियन नागरिक फसे

barunnews.com

सङ्खुवासभा ११ कात्तिक  

सङ्खुवासभाको मकालु गाउँपालिका –२ मा रहेको विश्वको पाँचौ अग्लो मकालु हिमाल तथा मकालु आधार शिविर आरोहणका लागि पुगेका विदेशी नागरिक प्रतिकूल मौसमका कारण  र हिमपातका कारण फसेका छन् । मकालु  –२ स्थित मकालु आधार शिविर भन्दा केही माथि पुगेपछि इटालीयन नागरिक जेसस मार्टिनेज नोभास फसेका छन् । इटालीयन नागरिक मार्टिनेज नोभास फसेको भारत स्थित स्पेनिस राजदुतावासले डाईनेष्टिक एयरलाई जानकारी गराएको हो । उनको उद्दारका लागि पहल भइरहेको छ  । प्रतिकुल मौसमका कारण उद्दारको समस्या भएको  छ । 


प्रतिक्रिया