मकालु आधार शिविर घुम्न गएका पुरुषको लेक लागेर मृत्यु

barunnews.com

सङ्खुवासभा ३ मङ्सिर 


सङ्खुवासभाको मकालु आधार शिविर घुम्न गएका एक पुरुषको लेक लागेर मृत्यु भएको छ । मकालु आधार शिविर घुम्न आएका दोलखा जिल्लाको मेलुङ गाउँपालिका –७ का ३४ बर्षीय अरुण कार्कीको लेक लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायव उपरीक्षक कुमार प्रसाद मैनालीले बताए । मेलुङ  –७ का कार्कीलाई  मकालु आधार शिविर नजिकै पुगेपछि स्वास्थ्य समस्या भएको थियो । 

मकालु आधार शिविरको करिव ५ हजार उचाईको सेरसुङ भन्ने ठाउँमा लेक लागेर कार्कीको मङ्गलबार मृत्यु भएको प्रहरी नायव उपरीक्षक मैनालीले बताए । मकालु आधार शिविर नजिकै स्वास्थ्य समस्या भएर मृत्यु भएको सूचना प्राप्त भएपछि बुधबार दिउँसो प्रहरी निरीक्षक मेघराज अर्यालको कमाण्ड दुई जनाको टोली घटना स्थल पुगेको थियो । घटनाको जानकारी मङ्लबार प्राप्त भएपनि भौगोलिक विकटताका कारण बुधबार दिउँसो मात्र प्रहरी घटना स्थलमा पुगेको हो । 

 मृतक कार्कीको शव हेलि एभरेष्टको हेलिकप्टर मार्फत आज दिउँसो उद्दार गरी पोष्ट मार्टमका लागि केएमसी अस्पताल दुवाकोट भक्तपुर लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  घटना स्थल प्रहरी चौकी मकालुबाट ५ दिनको पैदल दुरीमा पर्दछ । मकालु आधार शिविरमा अहिलेसम्म यातायात र सञ्चार पुहँच पुग्न सकेको छैन ।  


प्रतिक्रिया