प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण

barunnews.com


भदौ २९ 

काठमाडौँ  । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेकी छिन्। सिंहदरबारस्थित गृह मन्त्रालयको नयाँ भवनमा तयार पारिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनले केही बेरअघि पदभार भ्रमण गरेकी हुन्। कार्कीले शुक्रबार राति राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएकी थिइन्। पदभार ग्रहणसँगै कार्कीले आज सानो आकारको मन्त्रिपरिषद् बनाउने तयारी गरेकी छिन्।   त्यसअघि उनले  बिहान लैनचौरस्थित शहीद स्मारक पुगेर माल्यार्पण गरेकी थिइन् ।

प्रतिक्रिया