सङ्खुवासभाको भोटखोलाबाट गर्भवती महिलाको उद्दार

barunnews.com

सङ्खुवासभा २० असोज 

सङ्खुवासभाको भोटखोला गाउँपालिका–३ हुङहुङबाट  एक गर्भवति महिलाको उद्दार गरिएको छ । भोटखोला –३ हुङहुङ की ४२ वर्षीया छिदेक   भोटेलाई सेनाको हेलिकप्टरबाट उद्दार गरिएको  भोटखोला गाउँपालिका स्वास्थ्य शाखा प्रमुख फूर्पु भोटेले बताउनुभयो । गर्भवति भोटेलाई सेनाको हेलिकप्टर मार्फत विराटनगर लगिएको हो । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत उनलाई उद्दार गरिएको हो । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने यो स्थानमा अझैसम्म यातायातको पहुँच पुगेको छैन ।

अत्याधिक रक्तस्राव भएर आइतबार हुङहुङ सामुदायिक स्वास्थ्य इकाइमा भर्ना भएकी भोटेलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्दार गरिएको स्वास्थ्य शाखा प्रमुख  भोटेले बताउनुभयो । गर्भवति भएकि भोटेको २२ हप्ताको गर्भ रहेको थियोे । भोटेको एक साता देखि सामान्य रक्तस्राव सुरु भएको हो ।  गर्भवति भोटेलाई हेलिकप्टर मार्फत उद्दार गरेर विराटनगर स्थित कोशी अस्पताल  पठाइएको भोटेले बताउनु भयो  । सरकारले दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीलाई हवाई उद्दार गरी तोकिएका अस्पतालमा पु¥याउने व्यवस्था मिलाउने गरेको छ ।भौगोलिक विकटताका कारण भोटखोलामा नजिक वर्थिङ सेन्टर र स्वास्थ्य चौकीमा शल्यक्रियासहितको सुविधा छैन । उनीहरू सुरक्षित सुत्केरीका लागि सदरमुकाम आउनुपर्छ । जिल्लामा हवाई उद्दार   कार्यक्रमअन्तर्गत वि.स.२०७७ देखि हालसम्म ३६  जनाभन्दा बढी सुत्केरी तथा गर्भवतीको हवाई उद्दार गरिएको छ ।

प्रतिक्रिया