संखुवासभा १३ कात्तिक
संखुवासभाको खाँदबारी नगरपालिका –९, तुम्लिङटारस्थित अरुण किनारामा ऐतिहासिक तथा धार्मिक स्थल मनकामना धामकमा यस वर्ष भव्यरूपमा शतबार्षिकी एकादशी मेला भोलि शुक्रबार राति ठूलो मेला लाग्ने भएको छ । पूर्वको चर्चित प्रसिद्ध धार्मिकस्थल मनकामना धाममा लाग्ने हरिबोधनी एकादशी मेलाको तयारी पुरा भएको छ । एकदशी मेलामा सदरमुकाम खाँदबारीमा रहेको नेपाली सेनाको इन्द्र दल गुल्मले निशुल्क स्वास्थ्य शिविर संचालन गर्ने भएको छ । एकदशी मेलामा २०८२ को अवसरमा आउने श्रद्धालु भक्तजन तथा आगन्तुहरुका लागि स्वास्थ्य सेवा दिने उद्देश्यले दुई दिने निशुल्क स्वास्थ्य शिविर संचालन गरिने नेपाली सेनाको इन्द्रदल गुम्ले जनाएको छ । मनकामना परिसरमा कात्तिक १४ र १५ गते नेपाली सेनाले निशुल्क स्वास्थ्य शिविर संचालन गर्ने भएको हो । निशुल्क स्वास्थ्य शिविरमा संचालनका लागि हिलेबाट १५ जना चिकित्सक सहितको टोली संखुवासभा आउने भएका हुन् ।