सङ्खुवासभाका दुई सहित तीन जनाले छुआमा पहिलो र दोस्रो हिमालको आरोहण

barunnews.com

 सङ्खुवासभा ९ पुष 

सङ्खुवासभाको भोटखोला गाउँपालिकाका दुई सहित तीन जना  आरोही तथा माउन्टेन गाइडहरूले उपल्लो मुस्ताङको छुआमा पहिलो र दोस्रो हिमालको पहिलो पटक आरोहण गरेका छन् ।  भोटखोला गाउँपालिका –३ का जेन्जेन लामा भोटखोला –४ का आशिष गुरुङ र दोलखाको गौरीशंकर गाउँपालिका पासाङ रिन्जी शेर्पाले मुस्ताङको लोमन्थाङ गाउँपालिका–४ मा पर्ने छुआमा पहिलो र दोस्रो हिमालको एकै साथ आरोहण गर्नुभएको छ । भोटखोलाका जेन्जेन, आशिष र दोलखाका पासाङ रिन्जीले पहिलोपटक छुआमा पहिलो र दोस्रो हिमालका सफल आरोहण गरेका छन् । 


हिमाल आरोहण टोलीले आइतबार बिहान पौने ९ बजे ६ हजार तीन सय २५ मिटर अग्लो छुआमा दोस्रो र १० बजेर ५९ मिनेटमा ६ हजार तीन सय ६६ मिटर अग्लो छुआमा पहिलोको सफल आरोहण गरोहण गरेको  भोटखोला –३ का जेन्जेन लामाले जानकारी दिए । टोली भएका पाँच जना मध्ये तीन जनाले मात्र छुआमा पहिलो र दोस्रो हिमालका सफल आरोहण गरेको लामाले बताए । भोटखोलाका लामाले हालसम्म माउण्ट एभरेष्ट ६ पटक आरोहण गर्नु भइसकेको छ । त्यस्तैआमालब्लुङ,लोत्से,मनास्लु,मेरापिक सहित दर्जन बढी हिमाल आरोहण गर्नु भइसकेको छ । 

सेभेन समिट ट्रेक्सको सहयोगमा अशोक नेपाल र अनिश दाहालसहित पाँच जनाको टोली एक साताअघि छुआमा हिमाल आरोहण गर्न उपल्लो मुस्ताङ पुगेको थियो । टोलीले छुआमा दोस्रो आरोहण गरेपछि करिब एक किलोमिटर यात्रा गरेर फेरि छुआमा पहिलो शिखर अल्पाइन शैलीमा चढेको थियो । सरकारले गत चैतमा देशभरका ५७ वटा नयाँ हिमाल आरोहण गर्न खुल्ला गरेको थियो ।  सरकारले नयाँ हिमाल आरोहण गर्न खुल्ला गरेसँगै तीन जनाको टोली नेपाल चीन सिमानामा पर्ने  छुआमालाई छनोट गरेका हुन् । नयाँ हिमालहरूको पहिचान र प्रवद्र्धन गरी व्यवासायिक आरोहण गराउने उद्देश्यले छुआमाको आरोहण गरिएको उनको भनाइ छ । नेपालका धेरैजसो हिमालमा विदेशीले पहिलो आरोहण गरेको इतिहास रहेको भन्दै अगामी दिनमा नयाँ हिमालहरूको खोजी गरी आरोहण गर्दै टोली सदस्यले बताएका छन् । 

प्रतिक्रिया