सङ्खुवासभा २८ मङ्सिर
सङ्खुवासभाको चैनपुर नगरपालिका –४ मैदानेमा आगो निभाउने क्रममा जलेर एक वृद्धको मृत्यु भएको छ । चैनपुर–४ मैदानेमा आगो निभाउने क्रममा जलेर ८८ बर्षीय वृद्ध दिल बहादुर लिम्बुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धन बहादुर राजवंशीले बताउनुभयो ।
आइतबा बिहान साढे १० बजे चैनपुर–४ मैदाने श्याम चौकमा ग्यास लिग भएर श्याम लिम्बुको घरमा आगलागि भएको भएको थियो । आगो निभाउने क्रममा आगो बढ्दै गएपछि जलेर श्यामका बुवा ८८ बर्षीय वृद्ध दिल बहादुरको मृत्यु भएको प्रहरी निरीक्षक राजवंशीले बताउनुभयो । वृद्धको शव प्राथमिक स्वास्थ्य चौकी चैनपुरमा पोष्ट मार्रटम प्रश्चात परिवारको जिम्मा लगाएको छ ।
आगलागिबाट जलेर ढुङ्गा सिमेन्टले बनेको पक्कि घरको जलेर नष्ट भएको छ । घटना लगत्तै प्रहरी चौकी सिद्धपोखरी प्रहरी सायक निरीक्षक भिम बहादुर बरालको कमाण्डमा प्रहरी टोली खटिएको थियो । आगो प्रहरी र स्थानीयको सहयोगमा करिव २ घण्टापछि मात्र नियन्त्रणमा आएको थियो । आगलागिमा परेर एक सय ५० मन अलैचीँ,१४ तोला सुन,१० लाख रुपैयाँ नगद किराना पसलका सामान, अन्नपात, भाडा वर्तन र लत्ता कपडा जलेर पूर्ण रुपमा नष्ट भएको प्रहरीले जनाएको छ । आगलागिबाट करिव दुई करोड ३६ लाख रुपैयाँ बरावरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।