मकालु आधार शिविर क्षेत्रमा बर्षा र हिमपात, पर्यटकलाई सचेत रहन प्रशासनको आग्रह

barunnews.com


सङ्खुवासभा ११ कात्तिक  

सङ्खुवासभाको उच्च हिमाली भेगमा वर्षा र हिमपात भइरहेकाले पदयात्रामा जाँदा सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । प्रतिकूल मौसमका कारण  उच्च हिमाली भेगमा वर्षा र हिमपात भइरहेकाले पर्यटकलाई सतर्कता अपनाउन आग्रह गरेको हो । आज बिहान देखि मकालु आधार शिविर सहित उच्च हिमाली भेगमा वर्षा र हिमपात भइरहेकाले पर्यटकलाई सतर्कता अपनाउन आग्रह गरिएको सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले बताउनुभयो । 

पदयात्रामा जाँदा जल तथा मौसम विज्ञान विभागबाट जारी हुने आधिकारिक सूचनालाई पालना गर्न, गन्तव्यस्थलका बारेमा पर्याप्त जानकारी लिएर यात्रा गर्न प्रशासनले आग्रह गरेको हो ।  प्रतिकूल मौसमका कारण उच्च हिमाली क्षेत्रमा  हल्का वर्षा भइरहेका कारण थप हिमपात हुने सम्भावना भएका कारण मकालु आधार शिविर सहित उच्च हिमाली भेगमा यात्रा गर्दा सतर्क रहन स्थानीय प्रहरी मार्फत सतर्क रहन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी थपलियाले बताउनुभयो । विदेशी नागरिक करिव ७० जनाको संङ्ख्या पर्वतारोही  मकालु आधार शिविरमा रहेको प्रजिअ थपलियाले बताउनुभयो । त्यस्तैगरी नेपाली पर्वतारोही पनि ६०÷७० जनाको सङ्ख्या अहिले मकालु आधार शिविरमा रहेको उहाँको भनाइ छ ।  मकालु आधार शिविर सहित उच्च हिमाली भेगमा मौसम सफा नभएसम्म पदयात्रामा सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको हो । जिल्लाको मकालु,सभापोखरी सहित उच्च हिमाली भेगमा बर्षासहित हिमपात भएको छ ।


प्रतिक्रिया