सङ्खुवासभा १५ चैत _सङ्खुवासभाको कोशी राजमार्ग अन्तर्गत खाँदबारी किमाथाङ्का सडक खण्डको भोटखोलामा पहिरोका कारण सडक अवरुद्ध भएको छ । आइतबार बिहान देखि उत्तर दक्षिण कोशी सडक खण्डको भोटखोला गाउँपालिका –४ छोङराङमा पहिरो सँगै खसेको ढुङ्गाले सडक अवरुद्ध भएको हो । गएराति आएको अविरल बर्षा सँगै आएको पहिरोले ठूलो ढुङ्गा खसेपछि खाँदबारी किमाथाङ्का सडक खण्डको छोङराङमा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायव उपरीक्षक कुमार प्रसाद मैनालीले बताउनुभयो । पहिरो हटाउन पहल उत्तर दक्षिण कोशी सडक तथा स्थानीय तहसँग समन्वय भइरहेको प्रहरी नायव उपरीक्षक मैनालीले बताउनुभयो । उक्त सडक खण्ड अवरुद्ध भएपछि भोटखोलामा यातायात सेवा बन्द भएको छ ।
१५ चैत २०८२, आईतबार ०४:५८ मा प्रकाशित