जेनजी प्रदर्शन ४१ जनाको शव पोष्टमार्टम गरी परिवारको जिम्मा लगाईयो

barunnews.com

भदौ ३१  

संखुवासभा । भदौ २३ र २४ गते भएको जेन(जी प्रदर्शनमा मृत्यु भएका ३९ जनाको शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पोष्टमार्टम गरी परिवारको जिम्मा लगाएको छ ।  ४६ जनाको शव परिक्षणका लागि ल्याइएकोमा ३९ शवको परिक्षण गरिएको फरेन्सिक विभाग प्रमुख डा। गोपाल चौधरीले जानकारी दिए । उनका अनुसार बाँकी ७ जनाको शव चिन्न नसक्ने अवस्थामा रहेकाले डिएनए परिक्षण गर्नुपर्नेछ । प्रहरीको पत्र आइसकेपछि डीएनए सुरु गर्छौँ। शव चिन्न नसक्ने अवस्थामा भएकाले  दाँत परीक्षण, फिङ्गरप्रिन्टबाट परीक्षण गरिन्छ।डा. चौधरीले शव पूर्ण रुपमा नजलेकाले डीएनए परीक्षणका लागि नमुना निकाल्न नसकिने बताए ।  प्रदर्शनका क्रममा देशभर ७३ जनाको मृत्यु भएको छ। मृत्यु भएका ३९ जनाको त्रिवि शिक्षण अस्पताल र २ जनाको पाटन अस्पतालमा गरी जम्मा ४१ जनाको पोस्टमार्टम भएको छ ।


प्रतिक्रिया