भदौ २५
काठमाडौँ । काठमाडौँ उपत्यकाको आकाशमा धुँवाको मुस्लो बढेपछि मङ्गलबार अपराह्नदेखि बन्द त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुधबार साँझ ६ः०० बजेमात्रखुल्ने भएको छ। विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार अर्को निर्णय नभएसम्म विमानस्थलबाट सम्पूर्ण उडान बन्द गरिएको छ। तर आपत्कालीन उडान र मेडिकल उडान भने सञ्चालन हुनेछन्। यसअघि आज मध्याह्न १२ बजेसम्मका लागि विमानस्थल बन्द गर्ने निर्णय भएको थियो।
२५ भदौ २०८२, बुधबार ११:५४ मा प्रकाशित