संखुवासभामा राष्ट्रिय मानवअधिकार आयोग र द्वन्द्वपीडित,सरोकारवालाबिच छलफल

barunnews.com

संखुवासभा कात्तिक २८ 

संखुवासभाको सदरमुकाम खाँदबारीमा राष्ट्रिय मानवअधिकार आयोग र द्धन्द्ध पीडित र सरोकारवालाबीचको छलफल कार्यक्रम गरिएको छ । शुक्रबार खाँदबारीमा राष्ट्रिय मानवअधिकार आयोग नेपाल केन्द्रीय कार्यालयको आयोजनामा द्धन्द्ध पीडित र सरोकारवालाबीचको छलफल कार्यक्रम गरिएको हो । 

संक्रमणकालीन न्यायका लागि गठित सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका नागरिक खोजबिन आयोगप्रतिको पीडितको अपेक्षा बुझ्न राष्ट्रिय मानव अधिकार आयोगको टोलीले जिल्लामा विभिन्न सरोकारवालासँग छलफल गरेको छ । राष्ट्रिय मानवअधिकार आयोगप्रतिको द्धन्द्ध पीडित तथा सरोकारवालको धारणा, आयोगलाई विश्वसनीय बनाउन गर्नुपर्ने कार्य लगायतका बारेमा जानकारी लिन राष्ट्रिय मानव अधिकार आयोग केन्द्रिय कार्यालयका अनुसन्धान महाशाखाका प्रमुख मञ्जु खतिवडा,  अनुगमन महाशाखा मानव अधिकार अधिकृत खिमानन्द बस्याल संखुवासभा आइगुग्नु भएको हो ।  

खाँदबारीमा सरोकारवालासँग शुक्रबार छलफल गर्दै राष्ट्रिय मानवअधिकार आयोगका अनुसन्धान महाशाखाका प्रमुख मञ्जु खतिवडाले द्वन्द्वपीडितलाई न्यायका लागि आयोगले काम गरिरहेको बताउनुभयो ।  मानअधिकार उलङ्घन तथा चुनौती कम गर्न सरोकारवाला निकाय सँग छलफल आयोजना गरिएको प्रमुख खतिवडाले बताउनुभयो । आयोगले गरेका सिफारिस कार्यान्वयनका लागि नागरिक तहबाट पनि बहस र पैरवी आवश्यकता भएको  उहाँको भनाइ छ । आयोग सधैँ कानुनसम्मत न्यायको पक्षमा उभिएको, नागरिकका हकअधिकारको वकालत गर्दै आएको अनुगमन महाशाखा मानव अधिकार अधिकृत खिमानन्द बस्यालले बताउनुभयो । राज्यले पीडितलाई न्यायोचित व्यवहार नगरेको  द्धन्द्ध पीडितको गुनासो छ । द्वन्द्वपीडित तथा सरोकारवालहरूले पीडितलाई न्यायिक प्रक्रियामा सहयोग र गलत कार्यमा खबरदारी गर्दै न्याय र परिपूरणलाई छिटो छरितो गराउनुपर्ने माग गरेका छन् । असली पीडितभन्दा नक्कली पीडितले राहत पाइरहेको द्धन्द्ध पीडित सिताराम तिम्सिनाले बताउनुभयो । 

प्रतिक्रिया