जेन–जीका आधिकारिक प्रतिनिधिको साढे ३ बजे पत्रकार सम्मेलन

barunnews.com

भदौ २५ 

जेनजी आन्दोलनका अगुवाहरूले बुधबार अपराह्न पत्रकार सम्मेलन गर्ने भएका छन् । अपराह्न साढे ३ बजे अनलाइन पत्रकार सम्मेलन गर्ने भन्दै उनीहरूले लिंक शेयर गरिरहेका छन् । उनीहरूले आन्दोलनका आधिकारिक प्रतिनिधिहरूबारे मिडियामा फरक–फरक नामहरू आइरहेकोमा पनि आश्चर्य व्यक्त गरेका छन् । पत्रकार सम्मेलनबाट सबै विषय प्रस्ट पारिने उनीहरूको भनाइ छ ।  जेन–जी आन्दोलनको नेतृत्वकर्ता रहेको दाबी विभिन्न व्यक्तिहरूले गरिरहेका छन् । 

प्रतिक्रिया