जेनजी आन्दोलनलाई हाइज्याक गरेर बारबरा र समता फाउन्डेसनका सुकिलामुकिला मन्त्री बने ः दुर्गा प्रसाईँ

barunnews.com

असोज ७  

संखुवासभा ।  राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँले जेनजी आन्दोलनलाई हाइज्याक गरिएको दाबी गरेका छन् । मङ्गलबार पत्रकार सम्मेलनमार्फत प्रसाईँले आन्दोलनको उद्देश्य र परिणाम फरक दिशामा गइसकेको दाबी गरेका हुन् । उनले भने,आन्दोलनमा सिंहदरबार, सर्वोच्चमा आगलागी भयो, हामी पनि छक्क पर्‍यौँ । उनले आन्दोलनसँगै नेपालमा विदेशी हस्तक्षेप बढेको समेत जिकिर गरे । तर प्रसाईँले नेपाललाई वैदिक सनातन हिन्दु राष्ट्र बनाउनुपर्ने धारणा राख्दै अहिले धर्म कमजोर भएको टिप्पणी गरे । उनले भने, यो भगवान्हरूले बास गरेको ठाउँ हो, भगवान् रामचन्द्र हाम्रो गर्व हुन् । अब माटो सुहाउँदो आन्दोलन गर्नुपर्छ । उनले भने, अहिले बनेको सरकार जेनजीको सरकार होइन । जेनजीलाई हाइज्याक गरेर बारबरा फाउन्डेसन र समता फाउन्डेसनका सुकिलामुकिला मन्त्री बनेका छन् ।

प्रतिक्रिया