सङ्खुवासभाको मकालुबाट मृत शिशु जन्माएकी सुत्केरीको हेलिकप्टर मार्फत उद्दार

barunnews.com

 सङ्खुवासभा  ८ चैत ,    सङ्खुवासभाको मकालु गाउँपालिका–२ की १४ वर्षीया सुत्केरी हेलिकप्टरबाट उद्दार गरिएको छ । मकालु गाउँपालिका–२ मा मृत शिशु जन्माएकी १४ बर्षीया सुत्केरी फुर्लामु शेर्पालाई नेपाली सेनाको हेलिकप्टर मार्फत उद्दार गरी थापाथली प्रसुति गृह काठमाडौं  पठाइएको प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले जानकारी दिनुभयो । सुत्केरी राईलाई राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको समन्वयमा उद्दार गरिएको हो । 

 आइतबार दिउँसो ११ बजे मकालु स्वास्थ्य चौकी सेदुवामा भर्ना हुनु भएकी १४ बर्षीया सुत्केरी शेर्पालाई मृत बच्चा जन्माउनु भएको थियो । सुत्केरी शेर्पालाई अत्याधिक रक्तस्राव भएको, सालनाल ननिस्केको, हात खुट्टा, शरिर सुनिएको र पाठेघर फुटेको लक्षण देखा परेपछि थप उपचारका हेलिकप्टर मार्फत थापाथली  पठाइएको प्रमुख जिल्ला अधिकारी थपलियाले बताउनुभयो  । सरकारले दुर्गम क्षेत्रका ज्यान जाखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरूलाई निःशुल्क हवाई उद्दार गरी तोकिएका अस्पतालमा पु¥याउने व्यवस्था मिलाउने गरेको छ । दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि हवाई उद्दार कार्यविधि २०७७ अनुसार उद्दार गरिएको हो । 


प्रतिक्रिया