सङ्खुवासभा ४ चैत
सङ्खुवासभामा अत्याधिक रक्तस्राव भएकी एक सुत्केरी महिलाको हेलिकप्टरबाट उद्दार गरिएको छ । जिल्ला अस्पताल सङ्खुवासभा मा भर्ना भएकी मकालु गाउँपालिका–१ की २८ वर्षीया सरु राईको अत्यधिक रक्तस्राव भएपछि नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले जानकारी दिनुभयो । सुत्केरी राईलाई राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको समन्वयमा उद्दार गरिएको हो ।
।
बुधबार बिहान ८ बजे अस्पताल सङ्खुवासभामा शल्यक्रिया गरिएपछि सुत्केरी राईलाई अत्यधिक रक्तश्राव भएपछि हेलिकप्टरबाट उद्दार गरिएको हो । शल्यक्रियापछि सुत्केरी राईलाई अत्यधिक रक्तश्राव भएर स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि हेलिकप्टरमार्फत काडमाडौंको थापाथली प्रसूति गृहमा पठाइएको जिल्ला अस्पतालका प्रमुख सन्तोश देवले बताउनुभयो । सुत्केरी राईको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँको थापाथली प्रसूतिगृहमा लगिएको उहाँको भनाइ छ । दुर्गम क्षेत्रका ज्यान जाखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरूलाई निःशुल्क हवाई उद्दार गरी तोकिएका अस्पतालमा पु¥याउने व्यवस्था मिलाउने गरेको छ । दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि हवाई उद्दार कार्यविधि २०७७ अनुसार उद्दार गरिएको हो । जिल्लामा यस आर्थिक बर्षमा एक दर्जन सुत्केरी तथा गर्भवती महिलाको उद्दार भइसकेको छ ।