सङ्खुवासभाको चैनपुरमा खुकुरी प्रहार गरी एक जनाकाे हत्या

barunnews.com


सङ्खुवासभा माघ १७ 
सङ्खुवासभाको चैनपुर  नगरपालिका–१०  स्थित इखम्बु खुकुरी प्रहार गरी एक जनाकाे  हत्या भएको छ । चैनपुर -१० इखुम्बुमा खुकुरी प्रहारबाट 
४७ बर्षिय लिला प्रसाद राईकाे हत्या भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघराज अर्यालले जानकारी दिनुभयाे । 

 शनिबार दिउँसो पाैने ४ बजे स्थानीय छिमेकी ५९  बर्षिय शिव कुमार राईकाे खुकुरी प्रहारबाट लिला प्रसादकाे मृत्युु भएको प्रहरी निरीक्षक अर्यालले बताउनुभयो । गाई वस्तुले घास खाएको निहुँमा भएको विवादले उग्र रुप लिएपछि  शिव कुमारले लिला प्रसादकाे छातिमा खुकुरी प्रहार घटना स्थलमै 
उनको मृत्युु भएको हाे ।  घटना लगत्तै इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक पर्शुराम राईकाे सहितकाे टाेलि घटना स्थल पुगेको छ । खुकुरी प्रहार गर्ने शिव  कुमारलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । मृतककाे शव पाेष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरमा लगिएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

प्रतिक्रिया