सङ्खुवासभा २ माघ
सङ्खुवासभाको चैनपुर नगरपालिका–१० स्थित खराङमा तेस्रो सूर्य बहादुर सोम्याहाङ स्मृति आमन्त्रित पुरुष फुटबल प्रतियोगिता सुरु भएको छ । माघे सक्रान्ति मेलाको अवसर तथा पाँचौ मिनी खेलकुद महोत्सव २०८२ को अवसरमा तेस्रो सूर्य सोम्याहाङ स्मृति आमन्त्रित पुरुष फुटबल प्रतियोगिता सुरु भएको हो । किरण ज्योति युवा क्लव खाल्टेको आयोजनामा चैनपुर–१० खाल्टे रंगशालामा आज देखि तेस्रो सूर्य बहादुर सोम्याहाङ स्मृति फुटबल प्रतियोगिता सुरु भएको छ ।
प्रतियोगिताको पहिलो दिन आयोजक किरण ज्योति युवा क्लवले विजयी सुरुवात गरेको छ । आज भएको खेलमा डोकेनी युवा क्लव धर्मदेवीलाई १–० गोल अन्तरले पराजित गर्दै आयोजक किरण ज्योति युवा क्लवले विजयी सुरुवात गरेको हो । शुक्रबार भएको पहिलो खेलमा धर्मदेवी फुटबल क्लवलाई १–० गोल अन्तरले हराउँदै आयोजक किरण ज्योति युवा क्लवले विजयी सुरुवात गरेको हो । पहिलो हाफमा दुबै टिम गोल रहित बराबर खेलका थिए । आयोजकका तर्फबाट समर राईले दोस्रो हाफमा १ गोल गर्दै टिमलाई विजयी बनाएका हुन् । भोलि शनिबार तीन वटा खेल हुने आयोजकले जनाएको छ । प्रतियोगिताको उद्घाटन कार्यक्रममा बोल्दै चैनपुर नगरपालिका नगरप्रमुख कृष्ण कुमार तामाङले यस्ता प्रतियोगिताले खेलाडीलाई ब्यवसायीकरण बनाउने बताए । खेल तथा महोत्सवले खेलकुद मात्र नभई स्थानीय ब्यापार ब्यवसाय समेत बढ्ने बताए । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति उपप्रमुख बविता खत्री खत्री अधिकारीले खेलकुदले विकृति विसंगती हट्ने बताइन् । जिल्ला समन्वय समितिकी उपप्रमुख खत्रीले खेलाडीको प्रोत्साहन बढाउन महिला फुटबल प्रतियोगिताको दोस्रो पुरस्कार बापतको नगद ५ हजार सहयोग समेत गरेकी छन् । त्यस्तैगरी चैनपुर नगरपालिका उपप्रमुख एलिना श्रेष्ठले खेलकुद प्रतियोगिताले सामाजिक सद्भाव तथा एकताको कायम गर्ने बताइन् ।
तेस्रो सूर्य सोम्याहाङ स्मृति आमन्त्रित पुरुष फुटबल प्रतियोगितामा विभागीय टिम सशस्त्र प्रहरी पकली सहित कोशी प्रदेशका ८ टिमको सहभागिता जनाएको प्रतियोगिता संयोजक सनत कुमार ओक्तुहाङले जानकारी दिए । फुटबल प्रतियोगितामा मोरङको सिदार्थ युवा क्लव,फोकस १६ क्लव धरान सहित विभिन्न ८ क्लबको सहभागिता रहने आयोजकले जनाएका छन् । विजयी टिमलाई नगद १ लाख ११ हजार एक सय ११ रुपैयाँ, ट्रफि, मेडल, प्रमाण पत्र प्रदान गरिने छ । भने उपविजेतालाई नगद ६६ हजार ६ सय ६६ रुपैयाँ कप मेडल प्रदान गरिने छ । सान्तवना २२ हजार २ सय २२ रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । त्यस्तैगरी महिला फुटबल तर्फ विजयी टिमले १० हजार रुपैयाँ र उपविजेताले नगद ५ हजार रुपैयाँ प्रदान गरिने आयोजक किरण ज्योति युवा क्लवले जनाएको छ । प्रतियोगितामा विभिन्न विधाका पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । पाँचौ मिनी खेलकुद महोत्सव २०८२ मा झाँकी प्रर्दशन तथा विभिन्न प्रतियोगिता सञ्चालन गरिएको थियो । प्रतियोगितामा प्रथम पुरस्कार सूर्य बहादुर सोम्याहाङ स्मृति अक्षयकोषबाट प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको समाजन माघ ५ गते समापन हुनेछ । फुटबल प्रतियोगितामा चैनपुर नगरपालिका भित्रका विभिन्न वडाअध्यक्ष तथा खेलप्रेमिहरुको उपस्थिती रहेको थियो ।