सङ्खुवासभाको मकालुमा भीरबाट लडेर एकको मृत्यु

barunnews.com

सङ्खुवासभा २ माघ 

सङ्खुवासभाको उत्तरी क्षेत्र मकालु गाउँपालिका–३ स्थित आला लडेर एक जनाको मृत्यु भएको छ । मकालु–३ स्थित आलामा भीरबाट लडेर अन्दाजी ४२ वर्षका दुर्गाबहादुर राई मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक धन बहादुर राजवंशीले बताउनुभयो । बिहीबार दिउँसो ४२ वर्षीय राई आफ्नै अलैँची खेतीमा  पाइप लैजाने क्रममा सिओङ खोलाको भीरबाट २५ मिटर तल खसेर मृत्यु भएको प्रहरी निरीक्षक राजवंशीले बताउनुभयो । 

अलैचीँ खेतीमा पाइप तान्ने क्रममा लडेर सिधै सिओङ खोलामा परेपछि राईको घटनास्थलमै जिल्ला  प्रहरी कार्यालयले जनाएको छ ।  घटनाबारे जानकारी प्राप्त हुनासाथ स्थानीयले इलाका प्रहरी कार्यालय हेदाङनालाई खबर गरेका थिए ।  घटना लगत्तै े इलाका प्रहरी कार्यालय हेदाङनाबाट  प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।  मृतकको शव शुक्रबार पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको जनाएको छ । घटनास्थल इलाका प्रहरी कार्यालय हेदाङनाबाट करिब ७ किलोमिटर पश्चिम–उत्तरमा पर्दछ । 

प्रतिक्रिया