सङ्खुवासभामा विद्युत सर्ट भएर आगलागीबाट ८ लाख बढीको क्षति

barunnews.com

सङ्खुवासभा ७ मङ्सिर 

सङ्खुवासभाको सभापोखरीमा गाउँपालिका –२ तल्लो वितलवमा आगलागी हुँदा ८ लाख बढीको क्षति भएको छ । सभापोखरीमा –२ स्थित तल्लो वितलवमा विद्युत सर्ट भएर आगलागी हुँदा ८ लाख रुपैयाँ बढीको क्षति भएको प्रहरीले जनाएको छ ।

आइतबार बिहान विद्युत् सर्ट भएर आगलागी हुँदा सभापोखरीमा –२ स्थित तल्लो वितलवका डिल्लीमान तामाङको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धनबहादुर राजबंशीले बताए ।  विद्युत् सर्ट भएर आगलागी हुँदा ८ लाख २७ हजार रुपैयाँ बरावरको क्षति भएको प्रहरी निरीक्षक राजबंशीले बताए । आगलागीबाट तामाङको घरमा भएका सुनचादी, भाँडाकुँडा, खाद्यान्न, लत्ताकपडा सहितका सम्पूर्ण सामान नष्ट भएको छ । आगो स्थानीय र प्रहरीले नियन्त्रणमा आएको र थप क्षति हुन नपाएको प्रहरीले जनाएको छ ।   


प्रतिक्रिया