चैत २५ संखुवासभाको चिचिला गाउँपालिकाले नयाँ बर्षको अवसरमा खेलकुद र साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ । गाउँपालिकाले मंगलबार गाउँपालिका कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरि उक्त कार्यक्रमहरुको बारेमा जानकारी गराएको हो । पालिकाको पर्यटकीय क्षेत्र मत्स्यपोखरीको प्रवर्धन गर्ने उद्देश्य सहित खुल्ला अन्तरपालिका स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता र साँस्कृतिक कार्यक्रमको आयोजना गर्न लागेको गाउँपालिका अध्यक्ष पासाङ नुर्वू शेर्पाले जानकारी दिनुभयो । गाउँपालिका अन्तर्गगतको चिचिला गाउँ खेलकुद विकास समिति, वडा नम्बर ४ र स्थानीय क्लव स्वर्णीम मत्स्यपोखरी युवा क्लवको संयुक्त आयोजनामा कार्यक्रम हुन लागेको उहाँले बताउनुभयो ।भलिबल प्रतियोगिता चैत्र २६ गते विहिबार उद्घाटन हुनेछ भने बैशाख १ गते समापन हुनेछ । भलिबलको समापन लगत्तै साँस्कृतिक कार्यक्रम सुरु हुने छ । साँस्कृतिक कार्यक्रम अन्तर्गत सामुहिक नृत्य प्रतियोगिता र चर्चित कलाकारहरुको साँगितिक प्रस्तुती रहने छ । प्रतियोगितामा संखुवासभा र छिमेकी जिल्लाहरुबाट पनि सहभागि हुने गाउँपालिकाले जनाएको छ ।पुरुष भलिबल तर्फको विजेताले शिल्ड, मेडल र प्रमाणपत्र सहित नगद १ लाख ५५ हजार रुपैयाँ प्राप्त गर्नेछन भने उपविजेताले शिल्ड, मेडल र प्रमाणपत्र सहित नगद ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । सेमिफाईनलिष्ट दुवै टिमलाई नगद २५÷२५ हजार रुपैयाँ प्रदान गरिने छ । त्यस्तै महिला भलिबल तर्फ विजेताले शिल्ड, मेडल र प्रमाणपत्र सहित नगद १ लाख रुपैयाँ प्रप्त गर्नेछन् । उपविजेताले शिल्ड, मेडल र प्रमाणपत्र सहित नगद ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । सेमिफाईनलिष्ट दुवै टिमलाई १५÷१५ हजार रुैयाँयाँ प्रदान गरिनेछ । साँस्कृतिक कार्यक्रम तर्फ सामुहिक नृत्य प्रतियोगिताको प्रथम, द्वतिीय र तृतीय टिमले क्रमश ३०, १५ र १० हजार नगद र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।
सत्य,तथ्य र निष्पक्ष समाचारका लागि