इन्द्रदल गुल्मद्धारा दुई दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

barunnews.com


सङ्खुवासभा १५ कात्तिक 

सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा रहेको नेपाली सेनाले मनकामना परिसरमा दुई दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । नेपाली सेनाको इन्द्रदल गुल्मको आयोजना तथा श्री नम्बर २ फि.ए. गुल्म धनकुटाको सहकार्यमा दुई  निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।  नेपाली सेनाको इन्द्रदल गुल्मले खाँदबारी–९, तुम्लिङटार स्थित अरुण किनारामा रहेको ऐतिहासिक तथा धार्मिक स्थल मनकामना धामको एकादशी मेलामा दुई  निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।  

एकदशी मेलामा २०८२ को अवसरमा आउने  श्रद्धालु भक्तजन तथा आगन्तुहरुका लागि स्वास्थ्य सेवा दिने उद्देश्यले  दुई दिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको इन्द्रदल गुल्मका सेनानी नवराज बस्नेतले जानकारी दिनुभयो । नेपाली सेना र नागरिकबिच पारस्परिक सम्बन्ध बढाउने उद्देश्य सहित श्रद्धालु भक्तजन तथा आगन्तुहरुका लागि स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।  स्वास्थ्य शिविरमा  प्राथमिक र आकस्मिक उपचार, स्वास्थ्य सल्लाह तथा परामर्श,औषधी वितरण सहित अन्य सेवाहरु पनि उपलब्ध रहेको थियो ।   गुल्मका सेनानी बस्नेतले बताउनुभयो ।  स्वास्थ्य शिविरमा  १ सय १६  जना लाभान्वित भएको इन्द्र दल गुल्मले जनाएको छ ।  निशुल्क स्वास्थ्य शिविरमा ६२ जना पुरुष, ५४ जना महिलाले उपचार तथा स्वास्थ्य परिक्षण गरेको सेनानी बस्नेतले बताउनुभयो ।  

स्वास्थ्य शिविरमा ज्येष्ठ नागरिक, महिला र बालबालिकाले सेवा लिएको नेपाली सेनाले जनाएको छ ।  पूर्वको चर्चित प्रसिद्ध धार्मिकस्थल मनकामना धाममा हरेका बर्ष हरिबोधनी एकादशीको अघिल्लो दिन ठूलो मेला लाग्ने गरेको छ । नेपाली सेनाको स्वास्थ्य उपचार सेवा पाएपछि स्थानीयले खुसी व्यक्त गरेका थिए ।  मनकामना परिसरमा स्वास्थ्य शिविर आयोजनाले ज्येष्ठ नागरिक, महिला र बालबालिकालाई सहजता भएको  प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले बताउनुभयो । चर्चित धाम मनकामना परिसरमा हरिबोधनी एकादशीका दिन ठुलो मेला लाग्ने गरेको छ । हरिबोधनी एकादशीका दिन मनकामनाको दर्शन गर्न भारतका विभिन्न स्थान र झापा, मोरङ, सुनसरी, धनकुटा, भोजपुर र तेह्रथुम लगायतका जिल्लाबाट मेला भर्न आउने गरेका छन् । सडक विस्तारसँगै केही वर्षयता मनकामनामा आन्तरिक तथा बाह्य पर्यटकको चाप बढ्दै गएको स्थानीय बताउँछन् ।  

 

प्रतिक्रिया