नयाँ बर्ष कप फुटबल प्रतियोगिताको उपाधी गाउँले स्पोटिङ क्लवलाई

barunnews.com

संखुवासभा पुष २० 

संखुवासभा काठमाडौँ युथ सर्कलले आयोजना गरिको आयोजना गरेको नयाँ बर्ष कप फुटबल प्रतियोगिताको उपाधी गाउँले स्पोटिङ क्लवले जितेको छ । संखुवासभा काठमाडौँ युथ सर्कलको आयोजनामा पुष १८ र १९ गते भएको नयाँ बर्ष कप फुटबलको उपाधी गाउँले स्पोटिङ क्लव खाँदबारी नगरपालिका –७ ले जितेको छ ।  काठमाडौँ कपन स्थित हेण्डबल ग्राउडमा भएको प्रतियोगितामा एडभान्स क्लव काठमाडौँलाई ट्राइब्रेकरमा २ गोलका विरुद्ध ३ गोल अन्तरले पराजित गर्दै उपाधी जितेको हो । निर्धारित सयम दुबै तर्फबाट गोल हुन नसकेपछि ट्राइब्रेकरमा २ गोलका विरुद्ध ३ गोल अन्तरले प्रतियोगिताको उपाधी गाउँले स्पोटिङ क्लवले जितेको हो । 

प्रतियोगिताको विजयी गाउँले स्पोटिङ क्लवले नगद ७० हजार,ट्रफि, मेडल प्रमाण पत्र प्राप्त गरेको छ । उपविजेता एडभान्स क्लव काठमाडौंले नगद २५ हजार ट्रफि, मेडल प्रमाण पत्र प्राप्त गरेको छ । प्रतियोगितामा संखुवासभा जिल्लाका १२ वटा टोलिको सहभागिता रहेको प्रतियोगिता संयोजक जगदिश राईले बताए । नयाँ बर्ष कप फुटबल प्रतियोगिताको समापन कार्यक्रममा संरक्षक गौरीमान राई,सेभेनसमिट समिट ट्रेकका निर्देशक पासाङ फुर्वा शेर्पा, युवा ब्यवसायी सुजन कुमार श्रेष्ठ लगायतको सहभागिता रहेको आयोजकले जनाएको छ । 


प्रतिक्रिया