सङ्खुवासभामा प्रतिनिधिसभा निर्वाचन ः एमालेका कार्की ९ सय ५७ मत सहित अग्रता

barunnews.com


 सङ्खुवसभा २४ फागुन 


सङ्खुवाखुवासभा प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा एमालेका डाक्टर अर्जुनकुमार कार्कीको अग्रता छ । नेकपा एमालेका उम्मेदवार  अर्जुनकुमार कार्कीले  आफ्नो अग्रतालाई कायमै राखेका छन् ।  हालसम्मको मतगणनामा डाक्टर अर्जुनकुमार कार्कीले ४ हजार ५८ मत प्राप्त गर्दै पहिलो स्थान सुरक्षित गरेका छन् । 

उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मिङ्मा शेर्पाले ३ हजार १ सय १ मतले पछ्याय रहेका छन् ।  एमालेका कार्की र (रास्वपा) का शेर्पाबीचको ९ सय ५७ मतान्तर ९२५ रहेको छ । 


त्यसैगरी, नेपाली कांग्रेसका उम्मेदवार दिपन कुमार श्रेष्ठले २ हजार ४ सय ७६ मत प्राप्त गरेर तेस्रो स्थानमा रहेका छन् ।  श्रम संस्कृति पार्टीकी उमाकुमारी राईले १ हजार ५ सय ३९ मतका साथ चौथो स्थानमा रहकी छन् । भने नेपाली कम्युनिष्ट पार्टी नेकपाकी सरिता थापाले ३ सय ७१ मत प्राप्त गरेकी छन् । 

एक मात्रै निर्वाचन क्षेत्र रहेको सङ्खुवासभामा हालसम्म १२ हजार ६ सय २३ मत गणना भइसकेको छ । अहिलसम्म मादी र धर्मदेवी नगरपालिकाको मत गणना सकेर चैनपुर नगरपालिकाको मत गणना सुरु गरिएको छ ।  मत गणना जिल्ला समन्वय समितिको हलमा शनिबार दिउँसो देखि जारी छ । गणना स्थलमा सिसी क्यामेरा र तारजाली सहितको सुरक्षा व्यवस्था रहेको छ ।  मतपेटिकालाई जिल्ला समन्वय समितिको भवनमा कडा सुरक्षाबीच राखिएको मुख्य निर्वाचन कार्यालयले जनाएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनको एक मात्र क्षेत्र रहेको यस जिल्लामा एक लाख १९ हजार ६ सय ३० मतदाता रहेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनका जिल्लामा १५ दल र एक स्वतन्त्र चुनावी मैदानमा छन्   ।  


प्रतिक्रिया