सभाखोला वि जलविद्युत् आयोजनाको सुरुङ ‘ब्रेक थ्रु’

barunnews.com

 सङ्खुवासभा २० माघ 

सङ्खुवासभाको सभापोखरी गाउँपालिकामा निमार्णाधीन सभाखोला बी जलविद्युत आयोजनाको सुरुङ ‘ब्रेक थ्रु’ भएको छ । सभाखोलाको पानीलाई प्रयोग गरी निर्माणाधीन  २१ दशमलव ५ मेगावाट  क्षमताको सभाखोला बी जलविद्युत आयोजनाको मुख्य सुरुङ ‘ब्रेक थ्रु’ गरिएको हो । निजी क्षेत्रले पहिचान गरी अघि बढाएको २१ दशमलव ५ मेगावटको सभाखोला बी जलविद्युत आज सुरुङ ब्रेक थु्र गरिएको छ । आज एक कार्यक्रमका बीच अर्विट इनर्जी लिमिटेडका प्रवन्ध सञ्चालक गणेश कार्कीले सुरुङ ब्रेक थ्रु गरेका छन् । सभापोखरी –३ मा इन्टेक एरिया रहेको सभाखोला बी जलविद्युत आयोजनाको ४ हजार एक १० मिटर सुरुङ छिचोलिएको छ ।  सभापोखरी गाउँपालिका –३,४  र ५ वडामा सभाखोला बी जलविद्युत आयोजनाको काम भइरहेको छ ।  

जलाशयको मुहान (इनटेक)बाट सुरु भई पेनस्टक पाइप रहने स्थानसम्मको ४ हजार एक १० मिटर लामो सुरुङ ‘ब्रेक थ्रु’ भएको छ । अब सुरुङको बाँकी कंक्रिट लाइनिङ काम गरिने छ ।  मुख्य सुरुङबाट गएको पानीलाई एक हजार ४५ मिटर लामो पेनस्टक पाइपमार्फत  विद्युतगृहमा खसाली विद्युत् उत्पादन गरिने छ ।  सभाखोला बी जलविद्युत आयोजनाको काम हालसम्म ७५ प्रतिशत सम्पन्न भइसकेको आयोजनाका इन्चार्ज कृष्ण प्रसाद पन्तले बताए । उक्त आयोजनाबाट उत्पादन भएको विद्युत खाँदबारी नगरपालिका –१० सित्तलपाटीमा निर्माणाधीन नेपाल विद्युत प्राधिकरणको  सव स्टेशनमा जोडिने  आयोजनाका इन्चार्ज पन्तले बताए । २०७९ कात्तिक २३ देखि सुरु भई २०८३ बैशाख २३ गते सम्म निर्माण सम्पन्न गर्न लक्ष राखिएको छ ।  यस आयोजनको प्रसारण लाइनको काम ६० प्रतिशत काम सम्पन्न भइसकेको छ । सामुदायिक विकास कार्यक्रमअन्तर्गत आयोजना प्रभावित क्षेत्रहरुमा हालसम्म स्थानीयलाई रोजगार, शिक्षा, स्वास्थ्य,खानेपानी, सडक र बेलिब्रिज पुल निर्माण लगायतका काम गरिरहेको जनाएको छ । यस आयोजनाले आगामी २०८३ बैशाख देखि विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ । आयोजनाको मुख्य निर्माण कम्पनी बैभव पावर नेपाल प्रालिले काम गरिरहेको छ । आयोजनाको लागत करिव ५ अर्व रुपैयाँ रहेको छ । 

प्रतिक्रिया