खाँदबारीमा तेस्रो आमन्त्रित तीनपोखरी कप पुरुष फुटबल प्रतियोगिता पुष २६ देखि

barunnews.com

 सङ्खुवासभा २२  पुष 

सङ्खुवासभाको सदरमुकाम खाँदबारी  पुष २६ गते देखि तेस्रो तीनपोखरी कप आमन्त्रित पुरुष फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । तीनपोखरी समाज विकास क्लव खाँदबारी –७ को आयोजनामा तेस्रो आमन्त्रित पुरुष फुटबल प्रतियोगिता २०८२ सञ्चालन हुन भएको हो  । माघे सक्रान्तिको अवसरमा खेलकुद संस्कृति र पर्यटन,समृद्ध समाज हाम्रो अभियान भन्ने नाराका साथ तेस्रो तीनपोखरी कप आमन्त्रित फुटबल पुरुष फुटबल प्रतियोगिता गर्ने लागिएको आयोजकले जनाएको छ ।   प्रतियोगिताको अवसरमा पर्यटन प्रवद्धनका लागि  हेलिकप्टर मार्फत धार्मिक तथा पर्यटकिय क्षेत्र शिवधारा र सभापोखरी दर्शनको समेत ब्यवस्था गरिएको आयोजकले जनाएको छ । 

आज सदरमुकाम खाँदबारीमा पत्रकार सम्मेलन गर्दै आयोजक तीनपोखरी समाज विकास क्लवले फुटबल प्रतियोगिता सञ्चालन गर्न लागेको जानकारी दिएको छ । नविन खेलाडीलाई पूर्ण ब्यवसायीकरण र युवा खेलाडीलाई रोजगारी मुखी बनाउन  स्थानीय धर्म संस्कृति भेषभूषाको संरक्षण गर्ने उद्देश्यका साथ तेस्रो आमन्त्रित फुटबल प्रतियोगिता सञ्चालन हुने भएको हो । आगामी पुष २६ गते देखि माघ १ गतेसम्म सञ्चालन हुने फुटबल प्रतियोगितामा कोशी प्रदेशका विभिन्न जिल्लाका ८ क्लबको सहभागिता रहने प्रतियोगिता तीनपोखरी समाज विकास क्लवका अध्यक्ष मिनेश चापागाईले बताए  । प्रतियोगितामा ससस्त्र प्रहरी कोशी प्रदेश पकली, बेलका युथ क्लव उदयपुर,चुलाचुली स्पोटिङ क्लव दमक सहित कोशी प्रदेशका ८ टिमको सहभागिता रहने अध्यक्ष चापागाईले बताए  । प्रतियोगितामा भाग लिने  खेलाडीको ४० हजार रुपैयाँको विमा समेत गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको विजयी टिमलाई नगद २ लाख ५१ हजार रुपैयाँ ट्रफि, मेडल, प्रमाण पत्रले सम्मान गरिने छ भने उपविजेतालाई नगद १ लाख २१ हजार रुपैयाँ ट्रफि, मेडल, प्रमाणले सम्मान गरिने छ । प्रतियोगितामा विभिन्न विधामा समेत ट्रफि, मेडल, प्रमाण पत्रले सम्मान गरिएको आयोजकले जनाएको छ । फुटबल प्रतियोगितामा करिब नगद २० लाख बढी खर्च हुने आयोजकले अनुमान गरेको छ । 

प्रतिक्रिया