पाँचखपनमा जन्म दिन मनाउने क्रममा विवाद हुदाँ खुकुरी प्रहार ः एक जना घाइते

barunnews.com

सङ्खुवासभा ८ पुष 

सङ्खुवासभाको पाँचखपन नगरपालिकामा –१ मा खुकुरी प्रहारबाट एक जना गम्भीर घाइते भएका छन् । पाँचखपन –१ कुसुवामा खुकुरी प्रहार हुदाँ १६ बर्षीय अनिष लिम्बु घाइते भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायव उपरीक्षक कुमार प्रसाद मैनालीले बताउनुभयो । 

 जन्म दिन मनाउने क्रममा मादक पदार्थ सेवन गरी  सामान्य विवाद हुदाँ १६ बर्षीय अनिष माथि धारिलो हतियार खुकुरी प्रहार भएको हो । खुकुरी प्रहारबाट १६ बर्षीय अनिषको दुबै हात र टाउको चोट लागेको प्रहरीले जनाएको छ । घाइते अनिषको पाँचखपन आधारभूत अस्पतालमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक मैनालीले बताउनुभयो । घटनाको जानकारी पाए लगत्तै इलाका प्रहरी कार्यालय वाना प्रहरी साहयक निरीक्षक धनबहादुर खत्रीको कमाण्डमा प्रहरीको टोली घटना स्थल पुगेको छ । खुकुरी प्रहार गर्ने ४५ बर्षीय शम्सेर लिम्बुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ  । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  


प्रतिक्रिया