भविन कार्की सङ्खुवासभा २१ फागुन
सङ्खुवासभामा प्रतिनिधिसभा सदस्यको लागि निर्वाचन जारी रहेको छ । जिल्लामा शान्तिपूर्ण रुपमा मतदान जारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्लाको एक सय ६४ वटै मतदान केन्द्रमा विहान ७ बजेबाट सुरु भएको मतदान उत्साहपूर्वक रुपमा भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
आज बिहान ७ बजे देखि एक सय ६४ वटै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । यहाँका मतदाता उत्साहपूर्वक मतदान प्रक्रियामा सहभागी भइरहेका छन् । जिल्ला दिउँसो १२ बजे सम्म २३ दशमलब २७ प्रतिशत मतदान गएिको छ । जिल्लाभर २७ हजार ८ सय ३९ मत खसेको प्रजिअ थपलियाले बताउनुभयो । जिल्लामा शान्तिपूण रुपमा मतदान भइरहेको प्रमुख जिल्ला सिर्जन थपलियाले जानकारी दिनुभयो । जिल्लाका सबै मतदान स्थलमा सुरक्षा व्यवस्था मजबुत रहेको र जिल्लाको सबै क्षेत्र सहित सीमामा पनि सुरक्षा व्यवस्था कडा पारिएको छ । नेपाली कांग्रेसका उम्मेदवार दिपनकुमार श्रेष्ठले खाँदबारी–१ टुडिखेल मतदान केन्द्रबाट मतदान गर्नु भयो थियो । त्यसैगरी नेकपा(एमाले)का उम्मेदवार अर्जुन कार्कीले खाँदबारी–९ को मनकामना रत्न अम्बिका माविको मतदान केन्द्रबाट मतदान गर्नु भएको छ । नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार सरिता थापाले पाँचखपन ९ जलजलबाट मतदान गर्नु भयो ।
जिल्लामा ६२ हजार १ सय ७२ पुरुष र ५७ हजार ४ सय ५८ महिला सहित एक लाख १९ हजार ६ सय ३० मतदाता रहेका छन् । जिल्लामा एक सय ९ मतदान स्थल र एक सय ६४ मतदान केन्द्र रहेका छन् । सङ्खुवासभा एक स्वतन्त्र, तीन महिलासहित १६ जना चुनावी मैदानमा रहेका छन् ।प्रतिनिधिसभाको एक मात्र निर्वाचन क्षेत्रमा रहेको यस जिल्लामा एक अस्थायी सहित एक सय ६५ मतदान केन्द्र रहेका छन् । त्यस्तैगरी मतगणनाका जिल्ला समन्वय समितिको सभा हलमा मत गणना स्थल समेत तयार पारिसकिएको छ । गणनास्थलको झ्याल–ढोकामा तार जालीको अग्लो बार लगाइएको छ । गणना स्थलमा सिसी क्यामेरा र तारजाली सहितको सुरक्षा व्यवस्था रहेको छ । प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लाभर ९ सय ८४ कर्मचारी खटिएका छन् ।