संखुवासभाको सभाखोलाले बगाएर एक जनाको मृत्यु

barunnews.com

संखुवासभा ८ कात्तिक 

संखुवासभाको चैनपुर नगरपालिका–११ मा सभाखोलाले एक जनाको मृत्यु भएको छ । चैनपुर –११ सभाखोला किनारमा  पिकनिक मनाउन पुगेका एक युवकको खोलाले बगाएर शुक्रबार राति मृत्यु भएको हो । मृत्यु हुनेमा धनकुटा छथर जोरपाटी गाउँपालिका–२ का २६ वर्षीय मिङमा शेर्पा रहेको जिलला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायव उपरीक्षक कुमार प्रसाद मैनालीले जानकारी दिनुभयो । 

शेर्पा सहितको ८ जनाको समूह सभाखोला किनारमा उनीहरू पिकनिक मनाउन आएका थिए  । शुक्रबार साँझ करिब ५ बजे खोलामा बगेर शर्पा बेपत्ता भएका थिए ।  शेर्पाको राति करिब ११ बजेतिर घटनास्थलभन्दा करिब २ सय ५० मिटर तल खोलाको बीच भागमा रहेको ढुंगामा अड्किएको अवस्थामा फेला परेको प्रहरी नाउव उपरीक्षक मैनालीले बताउनुभयो ।   घटनाको जानकारी पाए लगत्तै अस्थायी प्रहरी चौकी सभाखोलाबाट प्रहरी नायब निरीक्षक महेन्द्रप्रसाद यादवको कमाण्डमा तीन जना प्रहरी टोली घटनास्थलमा खटिएको थियो । मृतकको शव जिल्ला अस्पताल संखुवासभामा पोस्टमार्टम पश्चात आफन्तको जिम्मा लगाइने जिल्ला प्रहरी कार्यालले जनाएको छ । 

प्रतिक्रिया