सङ्खुवासभाको खाँदबारीबाट अवैध चिनी सहित ट्रक नियन्त्रणमा

barunnews.com

सङ्खुवासभा ७ मङ्सिर

सङ्खुवासभाको सदरमुकाम खाँदबारी नगरपालिका–३ स्थित सुमनचोकबाट प्रहरीले अवैध चिनि बरामद गरेको छ । प्रहरीले बिशेष सूचनाका आधारमा भन्सार छली गरेर ल्याएको ५ सय किलोग्राम  चिनी सहित ट्रक खाँदबारी –३  सुमनचोकबाट नियन्त्रणमा लिएको छ । कोशी राजमार्ग खाँदबारी –किमाथाङ्का सडक खण्डको खाँदबारी –३  सुमनचोकबाट ५ सय किलोग्राम अवैध चिनि  सहित प्रदेश १–०२–००१ ख ८५७६ नम्बरको ट्रक नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धनबहादुर राजबंशीले जानकारी दिनुभयो ।  

चेकजाँच गर्ने क्रममा  खाँदबारी –किमाथाङ्का सडक खण्डको खाँदबारी –३  स्थित सुमनचोकबाट  सुनसरीको इनरुवाबाट भन्सार छली गरेर ल्याएको १५ बोरा चिनि सहित ट्रक नियन्त्रणमा लिएको प्रहरी निरीक्षक राजबंशीले बताउनुभयो ।  एलपी ट्रकमा विल नभएको चिनीप्रहरीले बरामद गरेको हो । बरामद चिनी, ट्रकसहित चालक तेह्रथुमको म्यालुङ नगरपालिका –६ जिरीखिम्तीका ३० बर्षिय पेम्बा शेपालाई शनिबार दिउँसो नियन्त्रणमा लिएर आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरी पठाइएको प्रहरी निरीक्षक राजबंशीले बताउनुभयो । 

प्रतिक्रिया