संखुवासभामा कर्फ्यू आदेश हट्यो, निषेधाज्ञा जारी

barunnews.com

संखुवासभा, भदौ २६

संखुवासभामा स्थानीय प्रशासनले लगाएको कर्फ्यू हटाएको छ।  जिल्लामा कर्फ्यू हटाए पनि निशेधाज्ञा भने जारी रहेको छ ।  निषेधाज्ञा  जारी भएको समयमा पाँच जनाभन्दा बढी व्यक्ति एकै ठाउँमा भेला हुन नपाइने उल्लेख छ । देशको परिस्थिती र जिल्लाको जिल्लाको सुरक्षा अवस्थालाई विश्लेषण गर्दै भदौ २६ गते  (आज) बिहीबार साझँ  ६ बजेसम्म निशेधाज्ञा भने जारी रहेको  संखुवासभाका प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले बताउनुभयो । स्थिति सामान्य बन्दै गएकाले कर्फ्यू हटाइएको भएपनि  निशेधाज्ञा रहेको प्रजिअ थपलियाले बताउनुभयो ।  जिल्लामा निशेधाज्ञाको अवधीमा  हुलदंगा वा अशान्ति गर्ने उद्देश्यले एकै ठाउँमा पाँच जना भन्दा बढी मानिस जम्मा हुन नपाउने जनाएको छ । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३क) बमोजिम जारी गरिएको प्रजिअ थपलियाले बतायनुभयो ।  निषेधाज्ञा  जारी भएको अवधीमा निषेधित काम गरेमा सुरक्षाको निम्ति खटिएको सुरक्षाकर्मीले नियन्त्रण लिएर कानुन बमोजिम कारवाही गर्ने विज्ञप्तीमा उल्लेख गरिएको छ । जिल्ला प्रशासन कार्यालयले यो आदेशको पालना नगर्ने वा अवरोध पु¥याउने जोकोहीलाई पनि प्रचलित कानुनबमोजिम कारबाही गर्ने जानकारी दिएको छ । त्यस्तैगरी  सुरक्षाको कमाण्ड पाएसँगै अहिले नेपाली सेना सशस्त्र प्रहरीको संयुक्त गस्ती समेत सुरु गरिएको छ ।    सम्भावित घटना हुन नदिन सुरक्षा सर्तकता अपनाउँदै जिल्ला कारागार सहित महत्वपूर्ण सरकारी कार्यालयमा प्रहरी सँगै नेपाली सेना खटिएको छ ।  

प्रतिक्रिया