सङ्खुवासभाको पाँचखपनमा जुवातास खेलिरहेका ७ जना पक्राउ

barunnews.com

सङ्खुवासभा २६ माघ 

सङ्खुवासभाको पाँचखपन नगरपालिका –६ वाना बजारमा जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय वानाले सोमबार दिउँसो पाँचखपन –६ स्थित वाना बजार क्षेत्रमा जुवातास खेलिरहेको अवस्थामा ७ जनालाई पक्राउ गरेको छ ।  

प्रहरीले जुवातास खेलिरहेको अवस्थामा नगद ५  लाख १३ हजार ३ सय ५० रुपैयाँ र  तास बरामद गरेको छ । वाना बजारमा जुवातास खेलिरहेको विशेष सूचनाका आधारमा ७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।  पक्राउ परेका ब्यक्तिहरुको ना मभने खुलाइ सकेको छैन । इलाका प्रहरी कार्यालय वानाका प्रहरी निरीक्षक सुन्दर कुमार यादवको कमाण्डमा खटिएको १० जनाको टोलीले उनीहरुलाई नियन्त्रण लिएको हो ।  पक्राउ परेका माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया