निवर्तमान प्रधानमन्त्री ओली, लेखक र रिजाललाई तत्काल पक्राउ गर्न जेनजीको माग

barunnews.com

असोज ३ 

संखुवासभा । जेनजी युवाहरुले  निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, निवर्तमान गृहमन्त्री रमेश लेखकलाई तत्काल पक्राउ गर्न  माग राखेका छन् ।  शुक्रबार संवाद डबलीमा जेनजीले आयोजना गरेको पत्रकार सम्मेलनमा आन्दोलन दबाउन राज्यको दुरुपयोग गरेको भन्दै ओली र लेखकसँगै काठमाडौँका प्रमुख जिल्ला अधिकारी छवि रिजाललाई पनि पक्राउ गर्न माग गरेका छन् ।जेनजीका सल्लाहकार डा.निकोलश भुसालले राष्ट्रियसभा विघटन गरेर संविधानले संशोधन गरेर प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको चुनाव गर्नुपर्ने बताए । उनले २०४६ सालपछिका सम्पूर्ण उच्च तहका नेता कर्मचारीको सम्पत्तिको छानबिन गर्न उच्चस्तरीय आयोग बनाउन समेत माग गरे । जेनजी आन्दोलनका घाइते हरि अधिकारीले  सहिद परिवार नर्गिस थापाले आफूहरूले समाजमा व्याप्त कुशासनविरुद्ध आन्दोलन गरेको बताए । उनले आफ्ना माग पूरा नभए आन्दोलन जारी रहेन समेत बताए । त्यस्तै, जेनजी सहिद परिवार नर्गिस थापाले आफ्ना परिवारको बगेको रगतको अपमान नहुने गरी सरकार अगाडि बढ्नुपर्ने बताए । कार्यक्रममा जेनजी सल्लाहकार कुशलव केसी, खेमराज साउद, खोजराज कटुवाल, निपेस ढाका अधिकारी, डा.सुन्दर थापा, वैज्ञानिक कपिल पौडेललगायत वक्ताहरूले शासकीय स्वरूप प्रत्यक्ष निर्वाचित कार्यकारी भएमात्र देश विकासको बाटोमा हिँड्ने बताएका थिए । उनीहरूले शिक्षा स्वास्थ्य निःशुल्क हुनुको साथै देशमै रोजगारीको सिर्जना गर्नुपर्ने बताए ।अभियन्ता कुशलव केसीले सहकारी पीडितको पक्षमा आफू लामो समयदेखि सडकमै रहेको बताउँदै अबको सरकारले ती मागहरूको सम्बोधन गर्न सरकारलाई सुझाव दिए । 

प्रतिक्रिया