सङ्खुवासभा १ फागुन
सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा रहेको नेपाली सेनाको इन्द्र दल गुल्म सेनाको सर्बोत्कृट गुल्म हुन सफल भएको छ । नेपाली सेनाले सञ्चालन गरेको प्रधानसेनापति ब्यानर प्रतियोगितामा २०८२ मा प्रथम स्थान हासिल गरेको छ । प्रधानसेनापति ब्यानर प्रतियोगितामा इन्द्र दल गुल्म सङ्खुवासभाले प्रथम थान हासिल गरेको हो ।
प्रधान सेनापति ब्यानर प्रतियोगिता २०८२ गत श्रावण देखि असोज सम्म सञ्चालन भएको थियो । नेपाली सेनाका युद्दक गुल्महरु मध्ये इन्द्रदल गुल्म प्रथम स्थानमा आउन सफल भएको हो । इन्द्र दल गुल्म नेपाली सेनाले सञ्चालन गरेको प्रधान सेनापति ब्यानर प्रतियोगितामा प्रथम भइ प्रधान सेनापतिबाट पुरस्कृत तथा सम्मानित भएको छ । नेपाली सेना स्थापनाको २६३औँ वार्षिकोत्सवका अवसरमा सैनिक मञ्च टुँडिखेलमा महाशिवरात्रि तथा सेना दिवस–२०८२ को अवसरमा प्रधानसेनापति अशोकराज सिग्देललले इन्द्र दल गुल्मका सेनानी नवराज बस्नेतलाई नगद पुरस्कार तथा कदर पत्र द्धारा सम्मान गर्नु भएको हो । यस गुल्मका गुल्मपति सेनानी नबराज बस्नेत हुनुहुन्छ ।
महाशिबरात्री तथा सेना स्थापनाको २६३ औं बार्षिकोउत्सबको अवसरमा माघ २९ गते आयोजित अन्तिम पूर्वाभ्यास निरिक्षणको अवसरमा प्रधान सेनापति ब्यानर बाट उत्कृष्ट हुने विभिन्न गण तथा गुल्मलाई नगद पुरस्कार तथा कदर पत्र द्वारा सम्मान गरिएको जनसम्पर्क तथा सुचना निर्देशनालय ले जनाएको छ ।