संखुवासभाको पाँचखपन नगरपालिकामा मंगलबार शोक बिदा

barunnews.com

भदौ २४

संखुवासभाको  पाँचखपन नगरपालिकाले मंगलबार शोक बिदा घोषणा गरेको छ । पाँचखपन नगरपालिका नगर प्रमुख विपिन राईले एक विज्ञप्ती जारी गर्दै आज मंगलबार शोक बिदा घोषणा गरेका छन् ।  सोमबार भएको घटनाप्रति गहिरो दुःख प्रकट गर्दै नगरपालिकाले मृतक आत्माप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । साथै, उपचाररत घाइते युवाहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।

 काठमाडौंसहित देशका विभिन्न स्थानमा जेन–जी आन्दोलनका क्रममा भएका घटनामा जीवन गुमाएको र घाइते भएका दुःखद घटनाले पाँचखपन नगरपालिका स्तब्ध बनेको भन्दै शोक बिदा दिएको हो ।  पाँचखपनमा मंगलबार एक दिनका लागि नगर कार्यपालिकाको कार्यालय, मातहतका वडा कार्यालय, स्वास्थ्य संस्था तथा सम्पूर्ण शैक्षिक संस्थाहरूमा आकस्मिक र अत्यावश्यक सेवा बाहेकका गतिविधि स्थगित गर्दै शोक विदा दिने घोषणा गरेकाु नगर प्रमुख  विपिन राईले बताए ।  

प्रतिक्रिया